Logo

२१ औं क्यान इन्फोटेक सम्पन्न, ३ लाख ३१ हजार अवलोकनकर्ताको सहभागीता

२१ औं क्यान इन्फोटेक सम्पन्न, ३ लाख ३१ हजार अवलोकनकर्ताको सहभागीता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१९ माघ,काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी २१ औं क्यान इन्फोटेक सोमवार सम्पन्न भएको छ ।  सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले कम्प्युटर एसोसिएन नेपाल महासंघले आयोजना गरेको सो महोत्सवको ३ लाख ३१ हजार जनाले अवलोकन गरेको महासंघले जानकारी दिएको छ ।

मेलाको अन्तिम दिन आज मात्रै ३९ हजार ५ सय ४५ जना अवलोकनकर्ताको सहभागीता रहेको आयोजकले बताएको छ । मेलाको उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, संचार मन्त्री मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले अवलोकन गरेका थिए ।

इन्फोटेकमा लागेको अवलोकनकर्ताहरुको भिड तथा उनीहरुको सल्लाह सुझावले थप हौसला र प्रोत्साहन मिलेको महासंघले जानकारी दिएको छ । २ सय १९ वटा स्टल रहेको प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायतका स्टलहरु रहेका थिए ।
प्रदर्शनीमा विभिन्न नयाँ प्रविधि जडित उत्पादनहरु सार्वजनिक गरिएको थियो ।

त्यस्तै १५ औं आइसिटी सम्मेलन सम्पन्न पनि सम्पन्न भएको छ ।
आइतवारदेखि सुरु भएको सम्मेलनमा     आइआइएम अहमदाबादका प्रा.डा.सुभाष भट्नाकर प्रमुख वक्ताको रुपमा रहेका थिए ।
सम्मेलनमा ‘इमर्जिङ टेक्नोलोजी फर आइसिटी फोर डी’ र ‘ज्ञानमा आधारित उद्योग र रोजगारी’ विषयमा विषय विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL