Logo

‘फेस अफ फेसिनो’ को भोटिङ खुला, यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल

‘फेस अफ फेसिनो’ को भोटिङ खुला, यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यामाहाको सडक सुरक्षा सचेतना कार्यक्रममा मिस नेपाल २०१७ का प्रतियोगीहरुले सहभागिता जनाएका छन् । नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।

प्रतियोगीहरुलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी चलाउँदा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी दिएका थिए ।

मिस नेपालका प्रतियोगीहरु शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए । उनीहरुले काठमाडौंका चार व्यस्त चोकमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । साथै, उनीहरुले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गरेका थिए ।

‘फेस अफ फेसिनो’ कन्टेस्टको सुरुवात

शनिबार नै ‘फेस अफ फेसिनो’ कन्टेस्टको औपचारिक सुरुवात गरिएको छ । यामाहाले मिस नेपाल २०१७ मा अघिल्लो वर्षमा झै टुह्विलर पार्टनरको भूमिका निभाएको छ । मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई ‘फेस अफ फेसिनो’ टाइटल प्रदान गरिनेछ ।

यो टाइटलको विजेताको छनोट रविना देशराज श्रेष्ठ, निलम चन्द र ओसिमा बानुको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत् हुनेछ । पब्लिक भोटिङ ५ जेठबाट १९ जेठ अपरान्ह ३ बजेसम्म खुल्ला रहनेछ । साथै, ‘फेस अफ फेसिनो’को लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङको लेटेस्ट मोडेल एस८ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१७ का विजेता र ‘फेस अफ फेसिनो’ का विजेतालाई एउटा एउटा फेसिनो स्कुटर उपहारमा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL