Logo

ललितपुरमा मोटरसाइकल रेस हुँदै, ३ हजार र ४ हजार रजिष्ट्रेसन शुल्क

ललितपुरमा मोटरसाइकल रेस हुँदै, ३ हजार र ४ हजार रजिष्ट्रेसन शुल्क


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोटरसाइकल रेसिङ ‘रेसमान्डु’को पाँचौ संस्करण वैशाख २३ गते ललितपुरको सातदोबाटामा हुने भएको छ । सातदोवाटोका स्वीमिङ पुल कम्पाउन्डमा हुने कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले आयोजना गर्न लागेको हो । रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन हुनेछ ।

नोभिस क्याटागोरी ए समूहमा १९८ सिसीसम्मका र नोभिस क्याटागारी बी मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी हुने छन् ।

एनएमएफसीले वितरण गरेको मोटरसाइकल स्पोर्ट्स लाइसेन्स प्राप्त राइडर मात्र प्रतियोगितामा सहभागी हुन सक्ने छन् । विजेताहरुलाई शिल्ड, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

पर्वतीय खेलकुद महासंघको प्रस्ताव एवं समन्वयमा पाँचौ पर्वतीय खेलकुद महोत्सव २०१७ अन्तर्गत यो प्रतियोगिता सञ्चालन हुन लागेको हो । पाँचौ पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल अटोमोबाइल्स एसोसिएसन र राष्ट्रिय खेलकुद परिषदले समेत यो इभेन्टलाई सहयोग गरेका छन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीका लागि यामाहा सोरुम र नासा कार्यालयमा फारम उपलब्ध गराइएको छ ।

बुधबार दिउँसो ३ बजेसम्म फारम दर्ता गरेका खेलाडी मात्र प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ । सिंगल खेलमा भाग लिनका लागि ३ हजार र डबल खेलका लागि ४ हजार रजिष्ट्रेसन शुल्क तोकिएको छ ।

प्रतियोगितामा दर्शकका लागि २ सय रुपैयाँको टिकट तोकिएको छ । नेसनल क्याटागोरीको प्रतियोगितामा राइडरहरुले यामाहा आर १५ मोटरसाइकल कुदाउने छन् ।नासाले यसअघि चार वटा रेसमान्डु सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL