Logo

सस्तोडिलको ‘ग्रेट दशैँ जेन्यून सेल’ योजना, ७० प्रतिशतसम्म छुट

सस्तोडिलको ‘ग्रेट दशैँ जेन्यून सेल’ योजना, ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सस्तोडिल डटकमले दशैँको अवसरमा उपभोक्ताहरुका लागि ‘गे्रट दशैँ जेन्यून सेल’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत उपभोक्ताले सस्तो डिलमार्फ सामान खरिद गर्दा ७० प्रतिशतसम्म नगद बचत गर्ने अवसर प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार योजना सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म लागु हुने छ । ४ दिनसम्म चल्ने उक्त योजना कम्पनीको हालसम्मकै सबैभन्दा ठूलो सेल भएको दावी गरेको छ ।

सेल अन्तर्गत सीजी, एलजी, रक पोर्ट, कलर्स, द बडी शप, भ्यान्स, बोसिनी लगायत २ सय भन्दा बढी ब्राण्डमा छुटको ब्यवस्था गरिएको छ । साथै, उपभोक्ताले योजना अन्तर्गत क्लोदिङ् देखि ईलेक्ट्रोनिक्ससम्मका २० हजार भन्दा बढी उत्पादन माझबाट आफ्नो रोजाइ तथा आवश्यकताका सामग्रीको छनोट गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL