Logo

फुटवेयर बिजनेश एक्स्पो माघ ११ सम्म, १० दिनमा ६० हजारले गरे अवलोकन

फुटवेयर बिजनेश एक्स्पो माघ ११ सम्म, १० दिनमा ६० हजारले गरे अवलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानिको भृकुटीमण्डपमा भईरहेको पाचौं बिगसेल मेला एवं फुटवयेर विनेश एक्सपो माघ ११ गतेसम्म चल्ने भएको छ । पुस १७ गतेदेखि शुरु गरिएको उक्त मेला झण्डै १ महिना चल्ने भएको छ ।

मेला सिमित अवधिको लागि भनिएता पनि उपभोक्ताका जिज्ञासा र चाहनालाई केन्द्रित गरी अन्तिम मिति तोकिएको हो । यस मेलामा वितेका १० दिनमा करीब ६० हजार उपभोक्ताले अवलोकन गरेका छन् । मेलामा आम उपभोक्ताको पहुँच पुग्न सक्ने मुल्य भएको हुँदा पनि उपभोक्ताहरुको भिड बढेको आयोजकको दावी छ ।

बिग सेल मेलामा बीएफडियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, सु ल्याण्ड, इजी शुज र फुटल्याण्ड ब्राण्डको सहभागीता रहेको छ । बिग सेल मेलामा जाडोयामलाई लक्षित गरि ल्याइएका कम्पनीका जुत्ताहरुमा भारी छुट उपलब्ध गराइएको सहभागी कम्पनीहरुले जनाएका छन् । मेलामा १ सय रुपैयाँ देखि १ हजार रुपैयाँसम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्ने छन् ।

यस मेलामा सहभागी कम्पनीहरुले आफ्नो उत्पादनमा १५ देखि ७५ प्रतिशत सम्म छुट दिएका छन् । विशेषगरी मंगलबादेखि मेलामा जाडो यामलाई लक्षित गरि बनाईएका नयाँ मोडलका जुत्ताहरु विशेष छुटका साथ कम्पनीको परल मुल्यमानै विक्रि गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL