Logo

तपाईँ दैनिक चिया पिउनुहुन्छ ?, यस्ता छन चिया पिउनुका फाईदा

तपाईँ दैनिक चिया पिउनुहुन्छ ?, यस्ता छन चिया पिउनुका फाईदा



काठमाडौं । के तपाईँ दैनिक चिया पिउनुहुन्छ ? यदी तपाईँ दैनिक चिया पिउनुहुन्छ भने अनुसन्धानकर्ताहरुले तपाईँको बारेमा खुसीयाली ल्याउने खोज गरेका छन । अनुसन्धाताहरुले हालै गरेको अनुसन्धान अनुसार दैनिक चिया पिउने मानीसहरुको दिमाग अन्य मानिसको तुलनामा तेज हुन्छ । अन्य दिमागी काममा सामान्यतया मानिसहरुभन्दा दैनिक चिया पिउने मानिसहरुको दिमागी क्षमता पनि उच्च हुने उक्त अध्ययनले देखाएको छ ।

अनुसन्धाताका अनुसार दैनिक चिया पिउने मानिसहरुको उमेरसँगै हुने सोचाई क्षमताको ह्रासमा कमि आउँछ । दैनिक चिया पिउनाले बुढेसकालमा हुने विभिन्न प्रकारका दिमागी असन्तुलनबाट पनि मुक्ति पाउन सकिन्छ ।

दैनिक चिया पिउँदा मानव शरिरलाई फाईदा गर्छ भन्ने पछिल्ला अध्ययनले देखाउँदै आएका छन । यस्तै मानिसको मुड ठिक पार्न तथा मुटु सम्बन्धी रोगका लागि पनि चिया उत्तिकै फाईदा हुन्छ भन्ने अध्ययनले देखाएको छ । तर हालै गरिएको अध्ययनले भने बुढेसकालसँगै सुरु हुने दिमागी समस्या भने दैनिक चिया पिउनाले ५० प्रतिशत कम हुने बताएको छ । चियाले दिमागमा प्रत्यक्ष सकारात्मक असर पार्दछ भनेर अध्ययनले पुष्टी गरेको छ ।

अनुसन्धानमा ६० बर्ष उमेर कटेका ३६ जना पुरुषहरुलाई समावेश गरिएको थियो । र उनीहरुलाई उनीहरुको स्वास्थ्य र मनोवैज्ञानिक स्थास्थ्यको बारेमा प्रश्न सोधिएको थियो । उक्त सहभागिहरुको एमआरआई र विभिन्न मनोवैज्ञानिक जाँच २०१५ देखि २०१८ सम्म गरिएको थियो ।

उक्त अनुसन्धानमा २५ बर्षसम्म हप्तामा ३ देखि ४ पटक चिया पिउने मानिसमा अन्य चिया नपिउने मानिसको तुलनामा मानसिक स्थिति अति राम्रो रहेको पाईएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL