Logo

हार्वर्ड विद्यालयबाट निकालिएका वारेन बफेट कसरी भए विश्वकै तेस्रो धनी !

हार्वर्ड विद्यालयबाट निकालिएका वारेन बफेट कसरी भए विश्वकै तेस्रो धनी !



काठमाडौं । ८७ अर्ब डलर अर्थात ९७ खर्ब ३३ अर्ब रुपैयाँका मालिक वारेन बफेट विश्वकै तेस्रो धनी व्यक्ती हुन । हार्वर्ड विजनेस स्कुलबाट निकालिएपछी उनी कोलम्वीया गए जहाँ उनलाई उनका गुरु वेन्जामीन ग्राहमले मेन्टरको भुमिका निभाए । उनले सन १९६९ मा बर्कसायर कम्पनी किने जसलाई उनले पावरहाउस होल्डीङ कम्पनीको रुपमा विकास गरे ।
–उनको कमाईको मुख्य स्रोतनै उनको कम्पनी बर्कसायर हाथवे हो ।

–उनी विश्वकै तेस्रो धनी भएपनि व्यबहार भने गरिवको जस्तो गर्छन ।

–अमेरिकास्थित नेव्रास्कामा रहेको उनको घर उनको कुल सम्पत्तीको शून्य दशमलव शुन्य शुन्य १ प्रतिशत मात्रै हो ।

–उनी आफ्नो दैनीक खाजा म्याक डोनाल्डमा ३ दशमलव १७ डलर अर्थात ३ सय ५४ रुपैयाँ मात्रै खर्च गर्छन ।

–उनले ११ बर्षको उमेरमा स्टकमा लगानी गरेका थिए । उनी १६ बर्षको उमेरमा स्टकबाटै ५३ हजार डलरका मालिक भईसकेका थिए ।

–उनी कमाउन मात्रै माहिर नभएर पैसा खर्च गर्न पनि माहिर छन । पछिल्लो दशक उनले आफ्नो सम्पत्तीबाटै करिव २७ बिलियन डलर दान गरिसकेका छन ।

–जब उनी १० बर्षका थिए उनका साथीहरु फिल्म हेर्ने र खेल हेर्ने कुरा गर्थे तर उनी भने न्यु योर्क स्टकका सदस्यसँग बसेर खाजा खाने र जिवनको लक्ष्यको बारेमा कुरा गर्थे ।

–उनी १० बर्षको उमेरमा न्यु योर्क आयका थिए । उनी आफ्नो किशोरावस्थामै प्रति महिना स्टकमार्केटबाट १ सय ७५ डलर कमाउथे । जुन उनको शिक्षकको तलवभन्दा बढी थियो ।

–उनलाई हार्वर्ड विजनेस स्कुलबाट निकालिएपछि उनी ‘द ईन्टेलिजेन्ट ईन्भेस्टर’ का लेखक वेन्जामीन गहमसँग काम गर्न चाहान्थे तर उनी यहुदी नभएकाले वेन्जामीले उनलाई अस्वीकार गरेका थिए ।

–उनले पब्लीक स्पीकीङ सिक्नका लागि १ सय डलर खर्च गरेका थिए । जसले उनलाई २१ बर्षको उमेरमा उनकी हालकी पत्नीलाई प्रश्ताव राख्न सहयोग पुगेको थियो ।

–५ ओटा कोठासहितको उनको घर ओमाहा नेव्रास्कामा छ जसलाई उनले सन १९५६ मा ३१ हजार ५ सय डलरमा किनेका थिए ।

–उनी आफ्नो डेस्कमा कहिल्र्य कम्प्युटर राख्दैनन र स्मार्टफोनको सट्टा फ्लिप फोन प्रयोग गर्छन ।

–उनले आफ्नो जिवनकालमा एउटा मात्रै ईमेल माईक्रोसफ्टका जेफ रेईक्सलाई पठाएका छन ।

–उनी आफ्नो दिनको करिव ८० प्रतिशत समय पढेर विताउँछन । उनले हालको कमाईको करिव ९९ प्रतिशत सम्पत्ती आफ्नो ५० औैं जन्मोत्सव पछाडी कमाएका हुन ।

–उनले १९६४ मा १ हजार डलर बराबरको सेयर किनेका थिए । त्यतीखेर उक्त कम्पनीका सेयरमूल्य प्रतिसेयर १९ डलर थियो हाल उनको १ हजार डलर बढेर १३ मिलियन डलर पुगेको छ ।

–उनको कुल सम्पत्ती उरुग्वेको कुल ग्राहस्थ उत्पादन भन्दा बढी छ । सन २०१३ मा उनी प्रतिदिन ३७ मिलियन डलर कमाउँथे । जुन विश्वकै दोस्रो महङगी नायिका जेनिफर लरेन्सले बर्षभरी कमाउनेभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL