Logo

यस्तो हुनेछ विश्वकै सबैभन्दा महंगो ‘डिभोर्स’, बेजोसले आफ्नी श्रीमतिलाई बुझाउनेछन ७८ खर्ब

यस्तो हुनेछ विश्वकै सबैभन्दा महंगो ‘डिभोर्स’, बेजोसले आफ्नी श्रीमतिलाई बुझाउनेछन ७८ खर्ब



विश्वकै सबैभन्दा धेरै धनी व्यक्ति रहेका जेफ बेजोसले बिहिबार आफ्नो आधिकारी ट्वीट ह्यान्डलमार्फत २५ बर्षको आफ्नो सम्बन्ध विच्छेद गरेको घोषणा गरेको छ । उनको सम्बन्ध विच्ेछदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको छ । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता प्रकट पनि गरेका छन् ।

विश्वकै सबैभन्दा ठूलो इकमर्श कम्पनी अमेजन र ठूलो मध्येको एक दी वासिङ्टन पोस्टका मालिक बेजोसको सम्पत्ति १ सय ३७ अर्ब डलर अनुमान गरिएको छ । सम्बन्ध विच्छेदपछि भने उनले यसमध्ये ठूलो धनराशी गुमाउनेछन् । उनले आफ्नो श्रीमति म्याकेन्जी बेजोसलाई करिब ७० अर्ब डलर अर्थात अहिलेको विनिमयदर अनुसार ७८ खर्ब रुपैयाँ बुझाउनेछन् ।

यो सम्बन्ध विच्छेदपछि तीन ओटा नयाँ इतिहास कायम हुनेछन् । पहिलो त यो विश्वकै सबैभन्दा महंगो सम्बन्ध विच्छेद साबित हुनेछ । दोस्रो सम्बन्ध विच्छेद बापत बेजोसककी श्रीमतिले प्राप्त गर्ने सम्पत्तिले उनलाई विश्वकै धनी महिला बनाउनेछ । तेस्रो जेफ बेजोस अफ विश्वकै धनी व्यक्तिको सूचीमा निकै तल पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL