Logo

७ बर्षे बालक बने युट्युबबाट धेरै कमाउने व्यक्ति, एक बर्षमै २ अर्बभन्दा बढी आम्दानी

७ बर्षे बालक बने युट्युबबाट धेरै कमाउने व्यक्ति, एक बर्षमै २ अर्बभन्दा बढी आम्दानी



काठमाडौं । एक ७ बर्षे बालक जसले युट्युबबाटै २ अर्बभन्दा बढी कमाए । यो सुन्दा जोकोहीलाई उत्सुकता लाग्न सक्छ । यो एक सत्य घटनामा आधारित समाचार हो । अमेरिकामा बस्ने र्यानले यो बर्ष मात्रै आफ्नो युट्युव च्यानलमार्फत २ अर्ब भन्दा बढी कमाएका छन । उनको युट्युव च्यानल र्यान टोयज सन २०१५ मा खोलिएको थियो जसको आजका दिनसम्म १ करोड ७० लाख फलोअर र २ अर्ब ६० करोड नजिक भ्युअर्स रहेका छन ।

विश्लेषणका अनुसार र्यानको युट्युब च्यानलमा प्रायजसो कथित तथा प्रिरोल विज्ञापनहरु चलेको देखिन्छ । जो धेरै मूल्ययुक्त र अन्य युट्युब स्टारहरुभन्दा धेरै भ्युअर्सकहाँ पुगेका विज्ञापनहरु थिए । उनले आफ्ना भ्युअर्सको देनले धेरै पैसा कमाए, यसको मतलव उनको च्यानलको राजस्वको व्याजदर पनि संवेदनशिल अवस्थामा पुगेको छ ।

उक्त च्यानल उनका बुवाआमाले सन २०१५ मा खोलिदिएका थिए । जसमा उनि बालबालिकालाई फोकस गर्दै नयाँ खेलौनाहरुसँग खेलेको भिडियो पोष्ट गर्ने गर्दथे । युट्युब बाट कमाएको उक्त पैसा र्यान बयस्क नहुँदासम्म उनको सुरक्षाका लागि भनेर १५ प्रतिशत छुट्याएको उनका बुवाआमाले जानकारी दिएका छन ।

यस्तै फोब्र्स पत्रिकाका अनुसार युट्युबबाट सर्वाधिक कमाउनेमा दास्रो ब्यक्ती जेक पाउल परेका छन । उनले १ बर्षमा १ करोड ६० लाख युरो कमाएका छन । उनले आफ्नो भिडियो ‘र्याप्स एन्ड जोक्स’ युट्युबमा हालेसँगै उक्त भिडियो १ बर्षमा ३० करोडपटक हेरिएको थियो ।

यस्तै युट्युबमा खेलद्धारा मनोरन्जन दिलाउने समुह ड्युड पर्फेक्टले १ करोड ५७ लाख युरो कमाउँदै तेस्रो स्थानमा परेको छ । साथै माईनक्र्याफ्ट गेमका विशेषता बताउने डेनियल मिडलटन युट्युबबाट सर्वाधिक कमाउने मध्ये चौथोमा पर्दै १ करोड ४५ लाख युरो कमाउन सफल भएका छन ।

युट्युब बाटै सर्वाधिक कमाउने मध्ये पाँचौमा भने मेकअप कलाकार जेफ्रि स्टार भएका छन उनले आफ्नो च्यानलमार्फत एक बर्षमा १ करोड ४१ लाख युरो कमाएका छन । फोब्र्सका अनुसार सबैभन्दा बढी पैसा र्यानले आफ्नो भिडियो सुरु हुनुभन्दा पहिले आउने विज्ञापनबाट कमाएका हुन । उक्त विज्ञापनहरु लगभग ९६ प्रतिशत राजस्व मा गनिएका हुन्छन ।

प्रतिक्रिया दिनुहोस्
MBL