Logo

बढ्यो सम्बन्ध विच्छेदको फेसन, एउटै जिल्लामा मासिक ४२ मुद्धा

बढ्यो सम्बन्ध विच्छेदको फेसन, एउटै जिल्लामा मासिक ४२ मुद्धा


रासस
0
Shares

काठमाडौं । बाँके जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढेको छ । बैंशाखा महिनामा मात्रै सम्बन्ध विच्छेदका ४२ वटा मुद्दा दर्ता भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए ।

चालू आर्थिक बर्षको सुरुवाती महिनामा त्यस्तो घटना कम भएपनि बैशाख महिनादेखि ह्वात्तै बढेको बाँके जिल्ला अदालतले जानकारी दिएको छ ।

उनका अनुसार सानोतिनो कुरामा पनि मनमुटाव हुने, उमेर नपुग्दै विवाह गर्ने, विवाहलाई घरपरिवारले स्वीकार नगर्ने, छोटो समयकै चिनजानले प्रेम विवाह गर्नेहरुले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने बताए ।

लागु औषधमा फसेको कुरा विवाहपछि थाहा पाएकाहरुले पनि छिट्टै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउने गरेको अदालतले जानकारी दिएको छ ।

प्रायः उमेर १६ देखि २२ वर्षसम्मका महिलाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने गरेका छन गिरीले भने । गिरीका अनुसार ‘एक डेढ वर्षका दुधे बालक बोकेर समेत सम्बन्ध विच्छेद गर्न आउने तथा कतिपयले भने मुद्दा दर्ता गरेको ३–४ दिनमै सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्छन ।’

जिल्ला अदालतमा हालसम्म २ हजार ४ सय २६ थान मुद्दा विचाराधीन रहेका छन । दुनियावादी देवानी १ हजार ४ सय १३, सरकारवादी देवानी १, दुनियावादी फौजदारी ६ सय २६, सरकारवादी फौजदारी ३ सय ६८ र पुनरावेदीय क्षेत्राधिकार अन्तरगत दर्ता भएका १६ र निषेधाज्ञा २ रहेको उक्त अदालतका सूचना अधिकारी गिरीले बताए ।

विचाराधीन मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा रहेको छ । बाँकी मुद्दा भने लेनदेन, लागुऔषध, जबर्जस्ती करणी, चोरी, अंश लगायतका रहेका छन ।

अदालतका तहसिलदार नारायणप्रसाद सापकोटाका अनुसार फैसला कार्यान्वयन तर्फ ७ सय ३१ मध्ये ४ सय ४६ फछ्र्यौट भएको छ भने २ सय ८५ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । जसमध्ये बिगो भराउने १ सय ४५, बण्डा छुट्याउने ७३, चलन चलाउने ५१ र अन्य १६ रहेका छन ।

बाँकेका जिल्ला न्यायाधीश विष्णु सुवेदीले न्याय सम्पादनको कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउन दृढतापूर्वक लागेको बताएका छन । न्यायाधीशको सरुवा, ३ वटा स्थानीय तहको निर्वाचनका कारण यस बर्ष मुद्धा फैसला हुनमा केहि ढिलाई भएको भन्दै अव कामले गति लिएको बताएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL