Logo

होर्डिङबोर्ड नीयमनमा तीब्रता दिदै कामपा, बोर्ड नहटाए कारबाही गर्ने

होर्डिङबोर्ड नीयमनमा तीब्रता दिदै कामपा, बोर्ड नहटाए कारबाही गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम बाहिर रहेर राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ ।

एक वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामपामा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको कामपाले जानकारी दिएको छ ।

यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनीरुपमा नै कारबाही गरिने पनि कामपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे ।

कामपाका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानले भने नियमसंगत राखिएका बाहेक सबै विज्ञापन हटाउने र राख्ने व्यक्ति वा संस्थालाई कारबाही गरिन्छ कुनै पनि बहानामा छुट पाउने अवस्था छैन ।

स्वीकृति दिएभन्दा बढीले विज्ञापन र बोर्ड बढेकाले महानगरले विशेषरुपमा निगरानी गर्न शुरु गरेको प्रधानले जानकारी दिए । पहिलो चरणमा विज्ञापन तथा होर्डिङबोर्ड व्यवस्थित गर्न बोर्ड फाल्ने र सम्पर्कमा एजेन्सी नआए कम्पनीलाई नै उक्त विज्ञापन निकाल्दा लाग्ने खर्च र अन्य जरीवानासहित कारबाही गरिनेछ ।

तीस वर्ग फुटभन्दा माथिका, झ्याल छोपेर तथा कौशिमा फ्लेक्स बोर्ड राख्न नपाइने प्रावधान रहेको छ । त्यस्तै, छिमेकीको सहमति विना पनि त्यस किसिमका बोर्ड राख्न पाइँदैन । तर सुपर मार्केट तथा सपिङ कम्प्लेक्समा डिजिटल बोर्ड भने राख्न पाइन्छ ।

काठमाडौँ महानगरको कानुनी व्यवस्थाअनुसार विज्ञापन तथा होर्डिङबोर्ड नियमन गर्न विज्ञापन कर नीति—२०७१, विज्ञापन कर निर्दे्शिका—२०६४ र सर्वोच्च अदालतको आदेशसमेत रहेको छ जसमा विज्ञापनलाई शून्य गर्नु नभई नियमन गर्नपर्ने कुरा उल्लेख छ ।

हाल कलङ्की, त्रिपुरेश्वर, माइतीघर, सुन्धारालगायत स्थानमा नियमबाहिर रही विज्ञापन राखिएका छन् । तीनलाई हटाउनका लागि दैनिकरुपमा कामपाबाट पाँचजनाको नगर प्रहरीसहितको टोली खटिने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL