Logo

बिहे गरेर बेहुलो भाग्दा ३५ लाख जरिवाना, ३५ दिन भित्र दिने सहमति

बिहे गरेर बेहुलो भाग्दा ३५ लाख जरिवाना, ३५ दिन भित्र दिने सहमति


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । सामान्य विवाह गर्दा कति खर्च लाग्ला ३ लाख वा ५ लाख हामी अनुमान गर्छौ ।

तर झापामा भइ दियो अर्कै, विबहा गरेर दुलहा फरार भए पछी दुलहाका बाबुले दुलही पक्षलाई ३५ लाख जरिवाना तिरेका छन ।

करिब १० महिना अघि टिकाटालो गरि गत फागुन २० गते विवहा भएका झापा बुद्धशान्ति गाउँपालीका १ का २९ वर्षीय राकेश रेग्मी बिबाह भएको भोलिपल्टै फरार भएका छन । फरार भएपछी बुबा लाल प्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख जरिवाना तिरेका छन ।

दुई दिन सम्म भएको बहस पछी रेग्मीले भरणपोषण र पढाई खर्च बापत रकम दिने सहमति भएको गाउँपालीकाका उपध्यक्ष मीरा भुर्तेलले जानकारी दिए । राकेशले सोही ठाउँ निवासी २१ वर्षीया युवती संग परम्परानुसारनै विवहा गरेका थिए । बेपता भएका राकेश भारत गएर बसेको र केही दिन पछी आफन्तको सहयोगमा गाउँमा ल्याएको थियो । झापा ल्याए लगतै उन्लाई धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा राखेका छन ।

यता बेहुलाका बाबुले भने छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन भन्दै बेहुलीको भविश्य नबिग्रियोस भनेर उन्को भरणपोषण र पढाई खर्चका लागि रु ३५ लाख दिने बताएका छन ।
दुइ दिन भएको बहसमा उक्त रकम दिने सहमति भए पनि जग्गेमा सातफेर घुमेर लगनगाँठो कसेको सम्वन्धलाई कसरी टुङग्याउने भन्ने निष्कर्षमा भने पुग्न सकेको छैन । त्यसका लागि मंगलबार दुई पक्ष बीच छलफल हुने बताएको छ । स्रोतकानुसार बेहुलीले सिन्दुर पोते फिर्ता गरेर सम्बन्ध तोडने तयारी भएको बताएको छ । बेहुली भरणपोषणका लागि दिने भनेको रु ३५ लाख ३५ दिन भित्र दिने सहमति भएको बताएको छ ।

राकेशले आफुमा यौन समस्या भएको भन्दै फरार भएका थिए । हाल राकेशको स्वस्थ्य परिक्षण समेत भएको धुलाबारी इलाका प्रहरी कार्यालयले जनाएको छ । राकेश ३ वर्ष देखि संयुक्त अरब इमिरेटस (युएई) मा रहेको र विवहा गर्नु १० दिन अघिमात्र घर आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL