Logo

साझा यातायातको सेमी फ्लोर बस संचालनमा, राती ९ देखि ११ बजेसम्म गुड्ने

साझा यातायातको सेमी फ्लोर बस संचालनमा, राती ९ देखि ११ बजेसम्म गुड्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । साझा यातायातले बुधबारदेखि सेमी फ्लोर बस सञ्चालनमा ल्याएको छ । साझाले आईएमई मोटर्स प्रालिको संयुक्त सहकार्यमा ल्याएको उक्त बसको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मर्हजनले उद्दघाटन गरे ।

सो अवसरमा शाक्यले काठमाडौँमा रहेको अव्यवस्थित पार्किङलाई हटाउनु र ट्याक्सीहरुलाई मिटरमा संचालन गर्न सरकारसंग छलफल भएको बताए ।

६१ लाख भारु पर्ने भए पनि ३५ लाख नेपाली रुपैँयामा खरिद गरेको साझा सहकारीका अध्यक्ष कनकमणि दिक्षीतले जानकारी दिए । ‘यो हाम्रो लागि उपहार प्राप्त गरे सरह भयो’ उनले भने । साथै सस्तोमा बस उपलब्ध गराएको भन्दै अशोक लेल्याण्डलाई धन्यबाद दिए ।

रात्रिकालिन समयमा संचालन हुने उक्त बस लगनखेलबाट नारायण गोपाल चोक सम्म पुग्ने साझाका अध्यक्ष दिक्षीतले बताए । बस बेलुका ९ बजे देखी ११ बजे सम्म संचालन हुने छ ।

साथै लगनखेल बाट बेलुका ९ बजे छुटे पछी जाउलाखेल पुल्चोक रत्नपार्क हुँदै नारायण गोपाल चोकसम्म पुग्ने र चोक बाट ९ः४० मा सोही रुट हुँदै लगनखेल सम्म फिर्ता हुने अध्यक्षले जानकारी दिए ।

साझा यातायातलाई उपत्यकाको ३ वटै जिल्लामा विस्तार गर्ने योजनाका साथ अगाडी बढेको अध्यक्ष दिक्षीतले जानकारी दिए ।

यस्ता छन् बसका विशेषता

दुई वटा ढोका भएको यस बसको पछाडिको ढोका बसको वीच भागमा छ । जुन अगाडिको भन्दा फराकिलो छ । फोल्डिङ् ¥याम्प भएको बसमा बालबालिका, जेष्ठ नागरिक र व्हिल चेयर प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्छन् ।

बसमा ४० जना यात्रु र १ जना चालक बस्ने सिट छ । त्यस्तै ३५ वटा ट्राप ह्यांगर छन् । १२ मिटर लामो यस बसमा एक पटकमा बसेर र उभिएर १ सय जना यात्रुले यात्रा गर्न सक्छन् ।

२०१८ साल बाट सुरु गरेको साझा यातायातले हाल ४६ वटा बस संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL