Logo

सार्वजनिक जग्गा संरक्षणमा कामनपा,अतिक्रमण गरि बनाइएका संरचना भत्काइदै

सार्वजनिक जग्गा संरक्षणमा कामनपा,अतिक्रमण गरि बनाइएका संरचना भत्काइदै


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रका सार्वजनिक जग्गा (स्थान)मा निर्माण भएका संरचनाहरू भत्काउने अभियान शुरू गरेको छ । महानगरपालिकाले सोमवारदेखि नै सार्वजनिक जग्गाको अतिक्रमण रोकी त्यस प्रकारका जग्गाहरूको संरक्षणका लागि अभियान शुरू गरेको हो ।

सोमबार आयोजित नागरिक भेलामा महानगरपालिकाले काठमाडौं क्षेत्रभित्रका कुनै पनि सार्वजनिक जग्गामा भवन, मन्दिर वा सामाजिक कामका नाममा संरचना निर्माण गर्न नदिने अभियान नै चलाउने घोषणा गरेको हो ।

सो अवसरमा महानगरका मेयर विद्यासुन्दर शाक्यले उक्त कार्यक्रममा महानगरको वडा नं। ३ को वडा भवनसँगै जोडिएको साढे ६ आना जग्गा र त्यही जग्गामा बनेको एकतले भवनलाई सार्वजनिक सम्पत्तिका रूपमा घोषणा गरेका छन् ।

साथै सार्वजनिक जग्गालाई खुला स्थानका रूपमा राखिने जानकारी दिए । ०७२ को भूकम्पले ठूलो पाठ सिकाएको छ, शहरी सुन्दरता कायम राख्न, आपत्विपद्मा आश्रय लिनका लागि खुला स्थानको संरक्षण आवश्यक छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले शहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL