Logo

रानीपोखरी मल्लकालिन शैलीमै बनाउन सुझाव

रानीपोखरी मल्लकालिन शैलीमै बनाउन सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रानी पोखरीलाई मल्लकालिन शैलीमा नै बनाउन विज्ञहरुले सुझाव दिएका छन् । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद समाधान गर्ने उद्देश्यसहित गठन गरिएको विज्ञ समितिले आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाउदै यस्तो सुझाव दिएका हुन् ।

विज्ञ समूहले रानीपोखरीलाई व्यवसायीकरण नगर्न सिफारिस गरेको छ । समितिका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीका छन् । रानीपोखरी निर्माणका क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो ।

पहिलेको निर्णयअनुसार गत पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले आज प्रतिवेदन बुझाएको हो ।
रानीपोखरीको पुननिर्माणका क्रममा महानगरपालिकाले पानी रोक्न भन्दै क्रंकिट प्रयोग गरेपछि त्यसको तीव्र बिरोध भएको थियो ।

प्रतिवेदन बुझ्दै मेयर शाक्यले प्रतिवेदनको सिफारिसलाई पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरणसँग बसेर कसरी लागु गर्ने भन्ने निर्णय लिने बताए ।

समितिले पोखरी र यसको बीचका रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमै निर्माण गर्न समेत सिफारिस गरेको छ । त्यस्तै पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा पनि परिवर्तन भएका भन्दै त्यसलाई हटाएर मल्लकालकै शैलीमा पुनर्निर्माण गर्न समितिले सुझाव दिएको छ ।
समितिको प्रतिवेदनमा पोखरीमा पानी टिकाइराख्नका लागि विज्ञ सम्मिलत अध्ध्यन समिति बनाउने, रानीपोखरीभित्रका धारा र इनारहरुलाई पुनस्र्थ्पित गर्ने, चारकुनामा रहेका विभिन्न मन्दिरहरुलाई कम्पाउण्डभित्र समेट्ने सिफारिस गरेको छ ।

रानीपोखरीमा रहेको सेता हात्तीको मूर्तिमा हटाएर पथ्थरलाई नै दुरुस्त राख्न समितिले सिफारिस गरेको छ ।

सोही अवसरमा सहभागीले पटक पटक निर्माणको काम थाल्ने र भत्काउने गर्दा जनताकै पैसा सकिएकाले गलत निर्णय गर्नेप्रति कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL