Logo

महानगर प्रमुख भन्छन्, रानीपोखरीको पूननिर्माण पुरातत्वको डिजाइनअनुसार हुन्छ,अनावश्यक हल्ला नफैलाउ

महानगर प्रमुख भन्छन्, रानीपोखरीको पूननिर्माण पुरातत्वको डिजाइनअनुसार हुन्छ,अनावश्यक हल्ला नफैलाउ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रानीपोखरीको पून निर्माण पुरातत्वको स्वीकृत डिजाइन अनुसार नै अघि बढेको काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।

पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे विभिन्न किसिमका हल्ला आइरहदा उनले यस्तो बताएका हुन् ।

साथै उनले सम्पदा सबैको साझा सम्पत्ति भएकोले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउन समेत आग्रह गरे ।

शाक्यले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दा अघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि जानकारी दिए ।

‘पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गरेका हुन्’, प्रमुख शाक्यले भने ‘यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु ।’

रानीपोखरीमा वाटर फाउण्टेन राखेर पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्ने उनले बताए ।
रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना रहेको उनले सुनाए ।
रानीपोखरी पुनःनिर्माणका क्रममा कंक्रिट हालिएको भन्दै पुरातत्वविद्हरुले आपत्ति जनाएको जानकारी दिए ।

रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभई सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो ।

विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL