Logo

१ अर्ब ५० करोड लागतमा बन्दै छ महानगरपालिकाको नयाँ भवन, यस्तो छ डिजाइन

१ अर्ब ५० करोड लागतमा बन्दै छ महानगरपालिकाको नयाँ भवन, यस्तो छ डिजाइन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं महानगरपालिकाले नयाँ बन्ने भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ । मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

हालको भवन महानगपालिकाको कार्यालय बागदरबारमा नभइ हरी भवनमा रहेका भन्दै सो भवन भत्काएर नयाँ बनाउन लागेको हो । महानगरपालिकाको भवन बागदरवार रहेको र सो भत्काउन नहुने भन्ने गुनासो आइरहेको छ । मेयर विद्यासुन्दर शाक्य भने हरी भवन भएको र १ सय बर्ष पुरानो भएको पुष्टि छ भन्दै नयाँ भवनको डिजाइन पास गर्न लागेका हुन् ।

यस्तो छ नयाँ भवनको डिजाइन

महानगरपालिकाको महानगरपालिकाले ऐतिहासिक मौलिकता तथा लिच्छविकालिन परम्परागत शैलीलाई कायम राख्दै नयाँ भवन बनाउन लागेको हो ।

जसअनुसार एउटा भवन हालको हरी भवनकै डिजाइनमा तयार गरिने छ । मोहडाको पहिलो भाग ३ तत्लाको हुने छ । यो ब्लकको भित्रि फिनिसिङ पनि हरीभवनकै पौराणिक शैलिमा तयार गरिने छ ।

त्यस्तै मोहडाको दोश्रो भाग लिच्छवीकालिन परम्परागत शैलिको हुने छ । भवन साढे ६ तल्लाको हुने छ ।

मोहडाको तेस्रो भाग भने आधुनिक शैलिको हुने छ । यो भागको मोहडा महानगरपालिकाको पहिचान दिने टावर स्वरुप निर्माण गर्न लागिएको हो । यो १५ तल्लाको हुने छ । सो टावरको माथिल्लो तल्लाबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृङ्खला दृश्याबलोकन गर्न सकिन्छ ।

नयाँ बन्ने भवनको बाहिरी मोहडामा चार ओटा परम्परागत मल्लकालिन शैलिको चोकहरु ह्ुनेछन् ।

त्यस्तै सम्पूर्ण प्यासेज, लबी तथा कोठाहरुरुमा उज्यालो छिर्ने गरी डिजाइन गरिने । महानगरपालिकाले अपांगता भएकाहरुका लागि युनिभर्सल डिजाइनमा भवन बनाउने तयारी थालेको छ ।

त्यस्तै भूमिगत तल्लामा १०० वटा गाडी र १०० ओटा मोर्टर साइकल राख्न मिल्ने पार्किङ बनाउने छ । बाहिर ग्राउण्डमा ५० ओटा गाडी र २ सय मोटरसाइकल पार्किङ गर्न सकिने छ ।


नयाँ बन्ने भवन भुकम्प प्रतिरोधी हुने छ । महानगरभित्रमा पौराणिक कालदेखि लोप हुँदै गएका सम्पदा तथा पुरातत्विक महत्वका वस्तुहरुको संरक्षण गर्ने उद्देश्यसहित म्युजियम बनाउने बताएको छ ।

महानगरपालिका परिसरभित्र ढुंगेधारा,पाटि पौवा तयार गरिने छ। आधुनिककता झल्किने गरी सिसीटिभी, लिफ्ट, आइटीपार्क, कुटनैतिक बैठक तथा सेमिनार हललगायत सुविधा हुने बताएको छ ।

सो भवन निर्माणको प्रस्ताव हाल कार्यपालिका बैठकमा छलफलको क्रममा रहेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । प्रस्ताव पास भएपछि काम शुरु गरेको ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य महानगरपालिकाले राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL