Logo

नयाँ भवन बनाउदै कामपा, आधुनिकका साथै ऐतिहासिक महत्वको झल्किने गरी डिजाइन तयार गरिदे

नयाँ भवन बनाउदै कामपा, आधुनिकका साथै ऐतिहासिक महत्वको झल्किने गरी डिजाइन तयार गरिदे


बिजखबर संवाददाता
27
Shares

काठमाडौै । काठमाडौं महानगरपालिकाले नयाँ भवन निर्माण गर्ने भएको छ । भुकम्पले बागदरबारको कार्यालय क्षतिग्रस्त भएपछी सोहि स्थानमा नयाँ भवन निर्माणको तयारी थालेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव नवराज ढकालले जानकारी दिए ।

‘महानगरपालिकाले पुरानो भवन भत्काउन सूचना निकालीसकेको छ उनले भने’ ‘अबको ६ महिनामा नयाँ भवन निर्माण शुरु गर्ने छौं ।’
हल नयाँ भवनको डिजाइन तयार गर्न थालिएको समेत उनले बताए । ढकालका अनुसार नयाँ बन्ने भवन आधुनिकता झल्कनुका साथै ऐतिहासिक महत्तवलाई पनि कायम राखिने छ ।

त्यस्तै भवनले ८ रेकटरसम्मको भुकम्प थेग्न सक्ने बताएको छ । महानगरपालिकाको भवन भत्किए पछि टेकुमा स्टिल स्ट्रक्चर बिल्डिङ बनाउने भनेको थियो ।

टेकुको नगरप्रहरी व्यारेक भएका ठाउँमा ४० हजार स्क्वायर फिटमा दुई ओटा भवन बनाउने भनिएपनि त्यो निणर्य खारेज गरिएको ढकालले बताए । महानगरपालिकाले भवन भत्केपछी जेडिए कम्प्लेक्समा कार्यलय सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL