Logo

वाइवाइ बन्यो उत्कृष्ट ‘फुड’, मर्की अवार्डबाट सम्मानित

वाइवाइ बन्यो उत्कृष्ट ‘फुड’, मर्की अवार्डबाट सम्मानित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको उत्पादन वाइवाइले अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारतमा आयोजना भएको ‘मर्की अवार्ड २०१७’ मा चौधरी समुहको उत्पादन वाइवाइ उत्कृष्ट खाना (फुड) बिधामा सम्मानित भएको छ । न्युज १८ इण्डियाले अयोजना गरेको सो अवार्ड भारतमा चर्चित अवार्ड हो ।

मर्की अवार्डमा अटो, टेलिकम सेवा, इकमर्सलगायत २० ओटा विधा थियो । जसमध्ये हिन्दुस्तान युनिलिभरले ग्रिम मार्केट अवार्ड पाएको हो ।

त्यस्तै बेभरेजमा फ्रुटी,टेलिकममा भारत एयरटेल, टेलिकम हेण्डसेटमा साओमी, बीममा एलआइसी, पर्सनल केयरमा लाइफबोय छन् । त्यसैगरी अटोतर्फ टु ह्वीलरमा रोयल इन्फिल्ड र फोर ह्वीलरमा मारुती सुजुकी उत्कृष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL