Logo

भारतीय सरकारको यस्तो छ योजना, अबको १३ बर्षभित्र विद्युतीय कारमात्र बेच्ने

भारतीय सरकारको यस्तो छ योजना, अबको १३ बर्षभित्र विद्युतीय कारमात्र बेच्ने


बिजखबर संवाददाता
27
Shares

एजेन्सी । अबको करिब १३ बर्षपछि भारतको सडकमा पेट्रोल तथा डिजेलबाट चल्ने गाडी देखिनेछैनन् । सन् २०३० सम्ममा भारतमा बिक्री हुने हरेक कार विद्युतीय हुनेछ ।
सरकारको सो नयाँ योजना अनुसार पर्यावरणवादीलाई आनन्दित तुल्याउछ भने तेल उद्योगीहरुलाई भने समस्या हुन्छ । भारतमा गुडिरेहका पेट्रोल तथा डिजेल गाडीलाई हटाएर वातावरणीय सवारी भित्र्याउने विश्वास गरिएको छ ।
वातावरण प्रदुषण गर्ने यस्तसा सवारीले बार्षिक १० लाख जनाको मृत्यु भएको छ । वातावरणलाई स्वच्छ राख्नुका साथै मृत्युदर घटाउन सरकारले नयाँ योजना अघि सारेको हो ।
भारत विश्वमा बढी तेल आयात गर्नेमध्य तेस्रो मुलुकमा परेको छ । भारतले बार्षिक १ खर्ब ५० अर्ब डरल बराबरको तेल आयात गरिरेहको छ ।
नयाँ योजनाले २०३० सम्म भारत सरकारको कम्तिमा ६० लाख डलर विद्युतिय शुल्क घट्ने प्रक्षेपण समेत गरेको छ ।  भारतका उर्जा मन्त्री पियुस गोयलका अनुसार सरकारले  यस कार्यमा ३ बर्षसम्मका लागि सहयोग गर्ने प्रविबद्धता जनाएको छ ।
तर  विद्युतिय सवारी उत्पादनमा भने मागमा भर पर्ने छ । भारतमा बार्षिक लाखौ मानिसको मृत्यु श्वासप्रश्वास समस्याका कारण  हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL