Logo

अजरबैजानका पत्रकारलाई ५१ लाख पर्ने निःशूल्क फ्ल्याट !

अजरबैजानका पत्रकारलाई ५१ लाख पर्ने निःशूल्क फ्ल्याट !


बिजखबर संवाददाता
0
Shares

अजरबैजान सरकारले आफ्ना देशका २ सय ५५ जना पत्रकारलाई निःशूल्क फ्ल्याट दिने घोषणा गरेको छ । सरकारले पे्रस दिवसको अवसरमा यस्तो घोषणा गरेको हो । सन् १८७५ मा पहिलो पटक प्रकाशनमा आएको अजरबैजानी भाषाको अङ्किची नामको पत्रिकाको मितीलाई आधार मानेर त्यहाँ २२ जुलाईमा यस्तो दिवस मनाइन्छ ।

नेपालका तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको कार्यकालमा पनि पत्रकारलाई फ्ल्याट र गाडीको चर्चा चलेको थियो ।

विकासको लागि पत्रकारले भूमिका खेलेको भन्दै त्यहाँका राष्ट्र इल्हाम अलीयेवले फ्ल्याट्स निर्माणका लागि फण्ड समेत सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । राजधानी बाकुको बाहिरी क्षेत्रमा रहने उक्त फल्याटको निर्माण लागत ८४ हजार ३ सय मनत अर्थात करिब ५१ लाख रुपैयाँ पर्नेछ । अजरबैजान सरकारले यसअघि सन् २०१३ मा त्यहाँका पत्रकारलाई फ्ल्याट निर्माण गर्ने योजना अघि सारेको थियो । – एजेन्सी

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL