Logo

घर बनाउदा १ करोड ५० लाखसम्म ऋण पाइने

घर बनाउदा १ करोड ५० लाखसम्म ऋण पाइने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको सीमालाई बृद्धि गरेको छ । बैंकले घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ कायम गरेको हो । हाल व्यक्तिगत तथा आवासीय घर कर्जाको सीमा १ करोड रुपैयाँ छ ।

काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात ५० प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गरेको छ ।
अन्य स्थानका हकमा साविकको ५० प्रतिशत

अनुपातलाई निरन्तरता दिइएको हो । यस व्यवस्थाले संघीयता कार्यान्वयन भइरहेको सन्दर्भमा विकेन्द्रित विकासलाई समेत प्रोत्साहित गर्ने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL