Logo

शेष घले र काठमाडौं महानगर प्रमुख शाक्यबीच भेटवार्ता, बिदेशी लगानी भित्र्याउन आग्रह

शेष घले र काठमाडौं महानगर प्रमुख शाक्यबीच भेटवार्ता, बिदेशी लगानी भित्र्याउन आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौंको समृद्धिका लागि लगानी गर्ने हो भने लगानी मैत्री नीति निर्माण गरिने बताएका छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेसँग सोमबार भएको भेटका क्रममा प्रमुख शाक्यले यस्तो बताएका हुन् ।

सो अबसरमा उनले काठमाडौंको व्यवस्थापनका लागि व्यवसायिक सहभागिता मात्र होइन सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिने समेत जानकारी दिए । ‘काठमाडौंमा सम्पन्नता मात्र छ, यहाँ हुनेखानेमान्छे मात्र छन् भनेर सोच्नु हुँदैन’ उनले भने ‘सहरभित्रै पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रुपमा उत्थान गर्नु पर्ने मानिस छन् ।’

भेटमा अध्यक्ष घलेले नेपालबाट विदेश पसेका धेरै नेपालीले २०७२ सालको भूकम्पपछि आफ्नो भूमिलाई सम्झिएकको बताए । ‘लगानी पनि गरिरहेका छन् पठाएका पनि छन्’ उनले भने ‘यसरी केही गर्छु भन्नेलाई वातावरण दिनु प¥यो ।’

प्रत्यक्ष बैदेशिक लगानी (एफडिआई) अन्तर्गत आफूले काठमाडौंको समृद्धिका देखिने काम गरिरहेको बताए । साथै यस प्रकारका ठूला परियोजना सञ्चालन गर्नेका लागि छुट्टै नीतिगत व्यवस्था गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
MBL