Logo

स्काई बस सञ्चालनको प्रक्रिया अघि सार्दै काठमाडौं महानगरपालिका

स्काई बस सञ्चालनको प्रक्रिया अघि सार्दै काठमाडौं महानगरपालिका


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उपत्यकामा स्काई बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौं घुम्न आएका पर्यटकहरुलाइ लक्षित गर्दै स्काई बस (माथि खुल्ला भएका) संचालनमा ल्याउन लागेको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत इश्र्वरराज पौडेलले बताए ।

यसका लागि ठमेलका पर्यटन व्यवसायीसाग एक चरणको छलफल भइसकेको उनले जानकारी दिए । ‘यही हप्ताभित्र दोश्रो चरणको बैठक बस्दै छौं’ उनले भने ‘त्यसपछि एक्स्प्रेसन अफ इन्ट्रेसस आवह्वान गर्ने छौ ।’ कसले कसरी सञ्चालन गर्न चाहनुहुन्छ आउनुहोस भनेर सूचना निकाल्ने छौं ।

बस सञ्चालनका लागि महानगरले लाइसेनस उपलब्ध गराउनुका साथै पार्किङका लागि स्थान बनाइदिने छ । त्यस्तैअन्य नगरमा जानका चाहेको अवस्थमा समन्वय गर्ने उनले बताए।

काठमाडौं महानगरपालिकाले पव्लिक प्राइभेट पाटर्नरसिप (पिपीपी) मोडलमा बस सञ्चालनमा ल्याउने तयारी थालेको हो । उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भन्ने उद्देश्यका साथ कार्यक्रम अघि सारेको उनले बताए ।

‘यूरोप अमेरिकालगायत अन्य विकसित मुलुकहरुमा सिटी टुर बस सेवा छन्’ उनले भने त्यस्तै बस यहाँ सञ्चालन गर्न लागिएको हो । ’

अबको ६ महिनाभित्र संचलनमा लयाउने उद्देश्यसहित काम अघि बढेको पौडेलले जानकारी दिए । पहिलो चरणमा सुविधासम्पन्न २ वटा स्काईबस संचालन गर्ने महानगरको योजना छ । साथै त्यसपछि उपत्यकाकाका अन्य स्थानमा पनि विस्तार गरिने महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL