Logo

कोटेश्वरमा खुल्यो हिमालयन फ्रेस अरबिका कफिशप, अर्गानिक कफिको मज्जा लिन सकिने

कोटेश्वरमा खुल्यो हिमालयन फ्रेस अरबिका कफिशप, अर्गानिक कफिको मज्जा लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफिशप सञ्चालनमा ल्याएका हुन । कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वादलिन पाइनेछ ।

laxmi

बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँचजनाको लगानीमा सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफिशपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य कफिशपले लिएको छ ।

कफिशप’मा कफिका पारखीहरुले चाहे जस्तो स्वादमा विशुद्ध नेपाली अर्गानिक कफि पिउन तथा चाहेजस्तो बेकरी आइटम खान पाउने छन् । बैंकिंग पेशामा डेढ दशक ामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्याललगायतको समुहले आफैंले केही नयाँ काम गर्ने लक्ष्य लिएर कफि सप सुरु गरेको हुन ।

नेपालीशुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्यिस्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवादिने बन्दोबस्त कफिशपले मिलाएको छ । शान्त वाताबरणमा आधुनिक शैलीमा सजाइएको कफिशपमा पुग्ने जो कोहीले पनि कफिको मज्जा लिँदै आनन्द महसुस गर्न सक्नु नै कफिशपको विशेषता हो ।

अहिले कफिशपले नौ जनालाई रोजगारी प्रदान गरिरहेको छ । कफिशपका अर्का सञ्चालक तथा पर्यटन पेशाकर्मी ध्रुबराज न्यौपाने भन्छन्, ‘कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा केहीबेर आनन्द महसुस गर्दै तातो वा चिसो कफिका साथ उत्कृष्ट बेकरी खानपाउनुले कफिशप आकर्षणको केन्द्र बनेको छ ।’

निकट भविष्यमा नै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा शाखा बिस्तार गर्दै उल्लेख्य रोजगारी श्रृजना गर्ने लक्ष्य कफिशपले लिएको छ । कफिशपका अर्का सञ्चालक तथा सामाजिक अभियन्ता मनोज अर्याल भन्छन्, ‘जागिर खाने संस्कारबाट बाहिरिँदै अरुलाई जागिर दिने अनि व्यवशायी बन्न प्रोत्साहित गर्ने लक्ष्य लिएर हामीले यो यात्रा सुरु गरेका हौं  सबैको साथ पाएमा हामी उदाहरणीय काम गरेर देखाउँछौं ।’निकट भविष्यमा नै कफिशपले अनलाइनबाट आफु कहाँ उपलब्ध सबै सेवाहरुको बुकिङ लिने व्यवस्था गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL