Logo

नक्सा विपरित घर बनाउँदै हुनुहुन्छ ? निरिक्षणका लागि आउँदैछ महानगर !

नक्सा विपरित घर बनाउँदै हुनुहुन्छ ? निरिक्षणका लागि आउँदैछ महानगर !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उपत्यकाभित्र घर बनाउँदै हुनुहुन्छ र नक्सा पास विपरित तला थप्ने योजना बनाउनु भएको छ भने सावधान । किनकी काठमाडौं महानगरपालिकाको इन्जिनियर तपाँईको घर निरिक्षणका लागि आउने भएका छन् ।

नक्सा पास विपरित घर बनाउने प्रक्रिया बढेको भन्दै काठमाडौं महानगरपालिकाले आफ्ना इन्जिनियरहरुलाई बन्दै गरेका घरको निरिक्षणका लागि पठाउन लागेको हो । हालसम्म महानगरपालिकामा नक्सा पास विपरित घरको तला थप्नेलगायत काम भइरहेको छ । सो कार्य रोक्ने उदेश्यसहित महानगरपालिकाका इन्जिनियरले निर्माणाधिन तथा नक्सा पास भएको घरमा पुगी निरिक्षण गर्न लागेका हुन् ।

नक्सा विपरित काम भएको पाइएमा रोक्ने तथा कारवाहीको प्रक्रियाअघि बढाइने महानगरपालिकाका नक्सा विभाग प्रमुख राम थापाले जानकारी दिए । ‘हालसम्म उजुरी परेको स्थानमा मात्र महानगरपालिकाका इन्जिनियर निरिक्षणका लागि जाने गरेका थिए’ उनले भने,  ‘अव नयाँ बन्ने प्रत्येक घरहरुमा महानगरका इन्जििनियर पुगेर जाँच गर्नेछन् ।’

घरधनीले छानेको इन्जिनियरले आफुले गरेको डिजाइन अनुसार घर बने नवनेको र नहेरेको भन्दै महानगरपालिकाले आफ्नै इन्जिनियर खटाउन लागेको हो । उनीहरुले निर्माण घरधनीलाई मापदण्डमा ल्याउन सल्लाह समेत दिने छ ।

हाल काठमाडौं महानगरपालिकामा दैनिक १० ओटा घर बन्ने गरेका छन् । जसअनुसार बार्षिक करिव ३ हजार घर काठमाडौं महानगरपालिका भित्र बन्ने गरेको छ । उपत्यकामा हाल ८० प्रतिशत घर नक्सा विपरित बनाएको पाइएको छ । प्रशासनले तोकेअनुसारको खाली ठाउँ नराख्ने, कम तलामा नक्सा पास गरेर पछि तला थप्नेजस्ता मापदण्ड विपरित बनाइएका घरहरुको बाहुल्यता छ

त्यस्तै महानगरपालिकाले हरेका विभागमा र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । जसले गुनासो वा उजुरी आएको अवस्थामा तत्काल गई समस्या समाधान गर्ने छ । महानगरको सेवालाई चुस्त र दुरुस्त बनाउने उद्देश्यका साथ कार्यक्रम लागु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL