Logo

नेपाल एसियाकै तेस्रो सस्तो देश, फोब्स भन्छ ‘एक डलरमै खाना पाइन्छ’

नेपाल एसियाकै तेस्रो सस्तो देश, फोब्स भन्छ ‘एक डलरमै खाना पाइन्छ’


बिजखबर संवाददाता
0
Shares

विश्वका धनीहरुको सुची प्रकाशन गर्ने प्रसिद्ध म्यागजिन फोब्सले नेपाललाई एसियाकै तेस्रो सस्तो देशको सुचीमा राखेको छ । फोब्सका राल्फ जेनिङ्ले विभिन्न तथ्याङ्कमा आधारीत रहेर प्रकाशन गरेको एसियाका पाँच सस्ता देशको सुचीमा नेपाल तेस्रो स्थानमा परेको हो ।

Nepali Dish

 

सुचीमा नेपालसँग सम्बन्धित विषयमा लेखिएको छ ‘एसियाको हिमालय राज्यको न्युनतम आम्दानी बार्षिक ९ सय ३७ डलर छ । एसियाली विकास बैङ्कको तथ्याङ्क अनुसार १५ बर्षभन्दा माथिका ७८.४ प्रतिशत मात्रै रोजगार छन् । एक तिहाइ जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको बैङ्कको तथ्याङ्क छ । एक देखि दुई डलरमै स्थानीय खाना पाइन्छ । नुम्बियो डट कमले नेपाललाई विश्वकै ११ सस्तो देशको रुपमा राखेको छ’ ।

सस्ता देशको सुचीमा पाँच मध्य चार ओटा देश सार्क अन्तर्गतकै छन् । फोब्र्सका अनुसार भारत एसियाकै सबैभन्दा सस्तो देश हो । भारतको श्रम मुल्य, खाना तथा लत्ताकपडा निकै कम पैसामै पुरा हुने फोब्र्सले जनाएको छ । सुचीको दोस्रो स्थानमा पाकिस्तान, चौथोमा श्रीलङ्का र पाँचौमा फिलिपिन्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL