Logo

कमाइ छ तर बचत छैन, हेर्नुहोस कुन उमेरमा कसरी बचाउने

कमाइ छ तर बचत छैन, हेर्नुहोस कुन उमेरमा कसरी बचाउने


बिजखबर संवाददाता
0
Shares

मेहेनत गरेर कमाइ गर्ने तर गाह्रो साह्रो पर्दा ऋणधन गर्नुपर्ने धेरै नेपालीको बाध्यता जस्तै बनेको छ । पसिना बगाएर कमाएको धनको सहित बचत गर्न नसक्दा सेवापछि रकम अभावमा अरु थप समस्या नेपालीका साझा बन्दैछन् । त्यसैले समयमै बचत गर्नु यस्ता भविष्यका समस्या समाधान गर्ने सहज उपाय हो । बचत त गर्ने तर कसरी ? समस्या धेरैको यहिं छ । विभिन्न अध्ययनले प्रस्तुत गरेको सुझावलाई हामीले यहाँ समेटेका छौं जसले उमेर अनुसारको बचत गर्न सिकाएका छन् ।

savings

 

  •  बचत सानै उमेरदेखि सुरु गर्नुपर्छ । यदि तपाइ २० बर्षको उमेरदेखि नै काम गर्दै हुनुहुन्छ भने आम्दानीको कम्तीमा २५ प्रतिशत बचाउने प्रयास गर्नुहोस । कमाइको ७५ प्रतिशतभन्दा बढी खर्चलाई निषेध गर्नुहोस । यो व्यवहारले तपाइलाई ऋणको भार बोकाउनेछैन ।
  •  तीसदेखि ३५ बर्षको उमेरमा कम्तीमा एक बर्षमा हुने कमाइ बचत गर्नुहोस ।
  •  ३५ देखि ४० बर्षको बीचमा बार्षिक आम्दानीको दोब्बर रकम बचत गर्ने प्रयास गर्नुहोस ।
  •  ४० देखि ४५ बर्षको उमेरमा बार्षिक आम्दानीको तीन गुणा बचत ।
  • ४५ देखि ५० बर्षको उमेरमा चार गुणा बचत ।
  •  ५० देखि ५५ बर्षको उमेरमा पाँच गुणा बचत ।
  •  ५५ देखि ६० बर्षको उमेरमा ६ गुणा बचत ।
laxmi

प्रतिक्रिया दिनुहोस्
MBL