Logo

महानगरले भन्यो,प्राधिकरणले हचुवाको भरमा विल पठायो, ‘प्रमाणित भए सबै तिर्न तयार छौं’

महानगरले भन्यो,प्राधिकरणले हचुवाको भरमा विल पठायो, ‘प्रमाणित भए सबै तिर्न तयार छौं’


रक्षा रेग्मी
54
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हचुवाको भरमा विद्युत बक्यौताको विल पठाएको काठमाडौं महानगरपालिकाले बताएको छ । प्राधिकरणले अनुमानको भर विल पठाएको र प्रमाणित हुनेगरी पेश गरेमा सम्पूर्ण बक्यौता तिर्न तयार रहेको महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए ।

laxmi

प्राधिकरणले ६ महिना अघि महानगरलाई ८६ करोड रुपैयाँ बक्यौता रहेको भन्दै विल पेश गरेको थियो । तर, सो सम्बन्धमा प्राधिकरणले सोधपुछ गरेपछि २०७३ कात्तिकसम्म ३४ करोड ५२ लाख रुपैयाँमात्र बक्यौता रहेको भन्दै पुनः अर्को विल पेश गरेको थियो ।16444192_964227187043753_900876866_o

सो विल पनि विना प्रमाण पेश गरिएको र प्रमाणित भएर आएको खण्डमा मात्र भुक्तानी गर्ने तामाङले जानकारी दिए । ‘महानगर हालसम्म रहेको सम्पूर्ण बक्यौता रकम तिर्न तयार छ,’ उनले भने,‘ तर, प्राधिकरणले कहाँको कहिले र कति रकमलगायतका सम्पूर्ण कुरा प्रमाणित गर्नुपर्छ ।’प्राधिकरणले आधिकारीक विल पेश गरेमा महानगरपालिकाले सरकारसँग अनुदान मागेर भएपनि बक्यौता तिर्ने उनी बताउँछन् ।

प्राधिकरणले पछिल्लो समय पेश गरेको ३४ करोड रुपैयाँ बरावरको विलको पनि आधिकारीक प्रमाण नभएको तामाङले जानकारी दिए । ‘प्राधिकरणले पेस गरेकोमध्ये अधिकांश विल विना नाम (अननेम)को छ,’ उनले भने, ‘साथै, धेरैजसो स्थानमा महानगरले सोलार बत्ती जडान गरिसकेकोले त्यती धेरै विल कसरी उठ्छ ?’ दैनिक १८ घण्टा लोडसेडिङ हुने बेलामा ८६ करोड़को बत्ती कुन ठाऊँमा बल्यो प्राधिकरणले त्यसको आधिकारी जवाफ दिनुपर्ने उनको तर्क छ ।

साथै, महानगरले ३ बर्ष सडकमा सौर्य बत्ती बालिरहेकोले गर्दा पनि सो विल बढी भएको कार्यकारी निर्देशक तामाङ बताउँछन् । तामाङका अनुसार महानगरभित्र बत्ती नै नवालिएको तथा मिटर नभएको स्थानको विजुलीको रकम समेत महानगरपालिकाको खातामा जोडिएको छ । जनताले बालेका, मठ मन्दिर तथा चुहावटको बत्तीको विल महानगरपालिकाको खातामा पठाइएको उनले बताए ।

महानगरपालिका र प्राधिकरणले गत साउन १९ गते प्रथम चरणमा १५/१५ करोड रुपैयाँ बक्यौता एक अर्कालाई तिर्ने सहमती गरेको थियो । महानगरका कार्यकारी अधिकृत तामाङ र प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्ले सहितको समितिले यस्तो निणर्य गरेको थियो । तर, पछि सो समितिलाई काम गर्न नदिइएको महानगपालिकाका एक महाशाखाका प्रमुखले जानकारी दिए । समितिले सडक बत्तीलाई थप व्यवस्थित वनाउने, दुई संस्थाबीचको बक्यौता राफसाफ गर्ने, सडकमा महानरपालिकाले सोलार जडान गर्ने, प्राधिकरणले उक्त सडकहरुमा विद्युतको कनेक्सन हटाउँदै जानेलगायत सहमती भएको हो ।nn

तर, पछिल्लो समय महानगरपालिकाले प्राधिकरणको बक्यौता पत्र प्राप्त गरेसँगै विल संकलन कार्य अघि बढाएको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । ‘हामीले विजुलीको विल संकलन गरिरहेका छौं’ उनले भने ‘त्यसमा पाटी पौवा गुठीलगायतमा बालेको विजुली पनि महानगरको नाममा जोडिएको पाइएको छ ।’

त्यस्तै प्राधिकरणको पत्र प्राप्त भएपछि अनुगमन गर्दा सोलार जडान गरिएका स्थानमा पनि लाइन नकाटिएको पाइएको उनले जानकारी दिए । महानगरपालिकाले ८६ ओटै कार्यालयको विल मासिक रुपमा तिर्ने गरेकोमा धेरै विल उठेकोले छानविन आवश्यक भएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL