Logo

युनिभर्सल होल्डिङले पायो मल्टीस्टोरी पार्किङको अध्ययनको जिम्मा, निर्माण लागत १ अर्व लाग्ने

युनिभर्सल होल्डिङले पायो मल्टीस्टोरी पार्किङको अध्ययनको जिम्मा, निर्माण लागत १ अर्व लाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको बिजनेश हव न्युरोडमा बन्ने भनिएको मल्टिस्टोरि पार्किङको अध्ययन शुरु हुने भएको छ । सो पार्किङको युनिभर्सल होल्डिङ नेपाल प्रालीले अध्ययन शुरु गर्न लागेको हो । यसका लागि काठमाडौं महानगरपालिका र कम्पनीवीच सम्झौता भइसकेको बताइएको छ ।

कम्पनीले अध्ययनका लागि ८ लाख प्राप्त गरेको छ । पार्किङको डिजाइन, क्षेत्रफललगायत अध्ययन गरिने छ ।
अध्ययन सकिए लगतै पार्किङ निर्माणका लागि कम्पनी छानी काम सुरु गरिने महानगरपालिकाका प्रवक्ताा ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा पार्किङको समस्यालाई मध्यनजर गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको हो । मल्टीस्टोरी पार्किङले न्यूरोडलाई प्रवद्र्धन गर्न मद्धत गर्ने उनको अनुमान छ । न्यूरोड पिपलबोट नजिक महानगरपालिकाको जग्गमा पार्किङ बनाउन सो पार्किङ पब्लिक प्राइभेट पाटर्नरसिप मोडलमा बनाइने बताइएको छ ।

यस्तो हुनेछ पार्किङ

पार्किङ न्यूरोडको पिपलबोट नजिक महानगरपालिकाको २ रोपनी जग्गामा बनाइने बताइएको छ । ५ तला रहने सो पर्किङ बनाउन करीब १ अर्व लगानी लाग्ने महानगरपालिकाको अनुमान छ । साथै पार्किङमा २ तलाको अन्डरग्राउण्ड समेत हुनेछ । एरिया सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन गर्न नमिल्ने भएकोले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिने छ ।

जसअनुसार मेल गेटबाट गाडि भित्र छिराएपछी माथिका अथवा तलका तलाहरुमा पार्किङ गर्न आफ्नो सवारीलाई लिफ्टमा राख्नुपर्छ । त्यसपछी आफुले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछी लिफ्टबाट नै तल माथि गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL