Logo

काठमाडौं झिलीमीली बनाउन विके ट्रडर्सले थाल्यो काम, यसरी राखिँदै छ सोलार प्लानल

काठमाडौं झिलीमीली बनाउन विके ट्रडर्सले थाल्यो काम, यसरी राखिँदै छ सोलार प्लानल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र १ हजार २ सय ८५ ओटा सोलार जडानको प्रक्रिया शुरु भएको छ । सोलार जडानको जिम्मा पाएको विके ट्रेडर्सले काम शुरु गरेको कम्पनीका अध्यक्ष रोशन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा अनामनगरमा सोलार जडान गर्न लागेको हो । ‘तर विजुलीको हाइटेन्सन र घरहरुले गर्दा सोलारको पोल राख्न समस्या भएको छ,’ उनले भने, ‘सो क्षेत्रको अध्ययन गरेर खाली रहेको स्थानमा सोलार जडान गर्ने छौं ।’

श्रीवास्तवका अनुसार कम्पनीले १ हजार २ हजार ८५ मध्ये आधाजति पोल समेत ल्याइसकेको छ । कम्पनीले सोलार प्यानल, पोललगायत आवश्यक सवै सामग्री चीनबाट ल्याउने छ । सोलार जडानका लागि १५ ओटा कम्पनीले आवेदन दिएकोमा विके ट्रेडर्स छानिएको थियो ।

महानगरपालिकाले आगामी डेढ बर्षभित्र उपत्यकाका प्रमुख शहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सोलार बत्ती जडान गर्न लागेको हो । काठमाडौंका मुख्य सडकहरुलाई उज्यालो बनाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडी बढाइएको हो । यो कार्यक्रम अन्तरगत जनताले विना लगानी सौर्य बत्तीको सुविधा पाउने छन् ।

महानगर र विके ट्रेडर्सवीच करिव डेढ महिनाअघि सोलार जडान बारे सम्झौता भएको थियो । सम्झौता अनुसार सौर्य बत्ती जडानका लागि महानगरले ३ छुट्टा छुट्टै खण्ड पहिचान गरेको छ । जसअनुसार कलंकी देखि माइतिघर, केशरमहल चोक देखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सोलार राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा ४ सय पोल गाडिने छ ।

त्यस्तै दोश्रो खण्डमा दरवारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा सोलार राखिने छ । त्यस्तै ज्ञानेश्वर देखि मैतीदेखि ,बत्तीसपुतली र मैतीदेखि (डिल्लीबजार पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा ३ सय ओटा सौर्य बत्ती जडान गरिने बताइएको छ ।

महानगरले पहिचान गरेको तेस्रो जोनमा ३ सय ८५ पोल राखिने छ । सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै संखमुल पुलसम्म, तिनकुने कोटेश्वरहुँदै नरेफाँट र पुरानो बानेश्वर, भिमशेनगोला हुँदै सिनामंगल चोकसम्म सौर्य बत्ती जडान गरिने छ ।

एउटा पोलका लागि १ लाख ५० हजार रुपैयाँ लाग्ने बताइएको छ । सोलार जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्वन्धित कम्पनीले नै वेहोर्ने छ । विके ट्रेडर्सले सोलारको पोलमा विज्ञापन राखेर आम्दानी गर्ने छ ।

सम्वन्धित कम्पनीले एउटा पोलको बार्षिक ८ हजार ७ सय रोयल्टी बुझाउनुपर्ने छ । त्यस्तै विज्ञापनको कर पनि कम्पनीले महानगरलाई बार्षिक रुपमा बुझाउनु पर्ने नियम छ । स्वीकृत प्रस्ताव अनुसार १ बर्षको निर्माण अवधि बाहेक १० बर्षपछि सो सोलार, व्याट्रि तथा विज्ञापन स्वत महानगरपालिकाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL