Logo

बैंकर रविनालाई अन्तरराष्ट्रिय अवार्ड, सामाजिक कार्यमा पुर्याएको योगदानको कदर

बैंकर रविनालाई अन्तरराष्ट्रिय अवार्ड, सामाजिक कार्यमा पुर्याएको योगदानको कदर


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले कोरियाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन् । एशिया मेडिकल एस्थेटिक कंग्रेसको अवसरमा उनलाई एशिया टप ब्राण्ड मास्टर ग्राण्ड अवार्ड प्रदान गरिएको हो ।

बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास,मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई अवार्ड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । समारोहमा विभिन्न देशका महिला उद्यमी तथा पेशा व्यवसायमा सक्रिय व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताइन् । ‘नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय रहन मलाई यस अवार्डले प्रोत्साहन मिलेको छ,’ उनले भनिन् ।

यसअघि पनि सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स अवार्ड’, मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ प्राप्त गरेकी थिइन् । यसैगरी,अमेरिकाको किंग्स विश्विद्यालयले उनलाई मानार्थ विद्यावारिथीको उपाधि दिएको थियो । श्रेष्ठले स्वदेशमा पनि बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।

अवार्ड विजेता श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धक पदमा कार्यरत छिन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरि सकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL