Logo

महानगरको स्वीकृति विना घर बनाउनु भएको छ? अद्यावधिक गरिहाल्नुस, कारवाही होला !

महानगरको स्वीकृति विना घर बनाउनु भएको छ? अद्यावधिक गरिहाल्नुस, कारवाही होला !


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । तपाँईको घर वा भवनको नक्सा पास छैन? या स्वीकृति नलिइ बनाउनु भएको छ ? यदी त्यस्तो हो भने पुस मसान्तभित्र घर वा भवनको अद्यावधिक गराउनुहोस ।

किनकी काठमाडौं महानगरपालिकाले बुधवार सवैखाले भवनको नक्सा अद्यावधिक पुस मसान्त भित्र गर्न सूचना जारी गरेको छ ।

सो अवधिभित्र नक्साको अद्यावधिक नगरेमा महानगरले कारवाही गर्ने महानगरका राजस्व शाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । महानगरले सूचना संकलनका लागि स्वीकृति लिएर सो बमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएक सबै भवनहरुको नक्सा अद्यावधिक गर्न समय दिएको उनले बताए। महानगरको असोज ६ गते बसेको महानगर परिषदको निणर्यअनुसार सूचना जारी गरिएको हो ।

बुधवार जारी गरेको सूचनामा पुस मासान्तसम्म निर्माणसम्पन्न प्रमाणपत्र पेश तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनहरुको हकमा स्वायत्त शासन ऐन २०५५ अनुसार कारवाही हुने बताइएको छ ।

काफ्लेका अनुसार नक्सा अद्यावदीक गर्न जग्गाधनी प्रमाण प्रतिलिपी, आंशिक भवन नक्सा स्वीकृति लिएको भए सोको प्रतिलिपी,स्वीकृति नलिई निर्माण भएको भए स्केच,क्षेत्रफल र तल्ला स्वयम् घोषणा गरिएको निवेदन पेस गर्नुपर्छ ।

त्यस्तै निर्माण सम्पन्न प्रमाण पत्र लिएको भए सो को प्रतिलिपी, आफू सम्वन्धित चालु आवसम्मको मालपोत तथा घर जग्गा,बहाल,व्यवसाय,सवारी र मनोरन्जन कर तिरेको निस्सा बुझाउनुपर्ने बताइएको छ ।

नयाँ व्यवस्था अनुसार प्रमाणपत्र लिएपछि मात्र नयाँ घरमा पानी र बत्तीको सुविधा पाउने छन् । त्यस्तै प्रमाणपत्र नलिएका पुराना घरहरुलाई बैंकबाट ऋण लिन नमिल्ने व्यवस्था लागु गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL