Logo

हाईकिङ गर्दै नमोबुद्ध पुग्नु भएको छ ? हेर्नुहोस पनौती–शंखु उपत्यका हुँदै नमोबुद्धसम्मको मनोरम दृश्य

हाईकिङ गर्दै नमोबुद्ध पुग्नु भएको छ ? हेर्नुहोस पनौती–शंखु उपत्यका हुँदै नमोबुद्धसम्मको मनोरम दृश्य


बिजखबर संवाददाता
0
Shares

तपाई धार्मिक एवम् प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको नमोबुद्ध पुग्नु भएको छ ? यदि पुग्नु भएको छैन भने जानुस तपाईले छुट्टै शाान्ति र बेग्लै आनन्दको अनुभुति गर्न पाउनुहुने छ ।
namo_buddha_1

राजधानी काठमाडौंबाट ४३ किलोमिटर र धुलिखेलबाट जम्मा १३ किलोमिटर दूरीमा रहेको नमोबुद्ध धार्मिक एवम ऐतिहासिक महत्व बोगेको तिर्थस्थल मात्रै होइन, प्राकृतिक छटाले भरिपूर्ण मनोरमस्थल पनि हो ।
gumba_namobuddha

ऐतिहासिक सहर पनौतीबाट बल्थली, शंखु उपत्यका हुँदै नमोबुद्ध जानु भयो भने तपाईले अलौकिक प्राकृतिक दृश्य देख्न सक्नुहुने छ । पहाडलाई फोरेर सुसेली हाल्दै बगेको रोसी खोलको अवाजले तपाईलाई आनन्दित तुल्याउने छ ।
shanku_river

सुन्तलाका बगैचा, हलुवावेद, सल्लैसल्ला भएको जंगलको सुस्केरा, वरीपरी देखिने हरिया पहाड अनि ग्रामिण जीवनले तपाईको अर्कै संसारमा पुगेको आभाष दिलाउँछ ।
orange_farm

नमोबुद्धको प्राङ्गणमै पुगेपछि बुद्धका मन्त्र लिखित धजापतङ्गाले मनलाई शान्ति दिनुका साथै छुट्टै संसारको आभाव दिलाउने छ ।
buddha_mantra

बिहान गएर साझ फर्कन सकिने नमोबुद्ध काठमाडौंवासीका लागि हाइकिङको नजिकको उत्कृष्ट गन्तव्य हो ।
village-namobuddha

सो स्थानमा पछिल्लो समय अन्तरिक तथा बाह्य पर्यटकको संख्या उच्च रुपमा बढेको स्थानीय व्यवसायीहरु बताउँछन् ।
group_photos

namobuddha_rice

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL