Logo

धर्मपथमा बन्ने भयो ४ सय गाडी अट्ने स्वचालित कार पार्किङ, कन्सल्ट्यान्टले शुरु गरे अध्ययन

धर्मपथमा बन्ने भयो ४ सय गाडी अट्ने स्वचालित कार पार्किङ, कन्सल्ट्यान्टले शुरु गरे अध्ययन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको बिजनेश हव न्युरोडमा रोवर्टीक मल्टिस्टोरि पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र न्यूरोड क्षेत्रको भीड तथा पार्किङको समस्यालाई मध्यनजर गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार सो पार्किङ कस्तो प्रकारको बनामउने भन्ने विषयमा ३ ओटा कन्सल्ट्यान्टले अध्ययन गरिरहेका छन् । ती कन्सल्ट्यान्टले अध्ययन पश्चात बुझाएको पत्रमध्ये उपयुक्त एक छानी निर्माणका लागि प्रक्रिया शुरु गर्ने बताइएको छ ।

मल्टीस्टोरी पार्किङले न्यूरोडलाई प्रवद्र्धन गर्न मद्धत गर्ने उनको अनुमान छ । न्यूरोड पिपलबोट नजिक महानगरपालिकाको जग्गमा पार्किङ बनाउन सो पार्किङ पब्लिक प्राइभेट पाटर्नरसिप मोडलमा बनाइने बताइएको छ ।

काठमाडौं महानगरपालिकाले पूर्ण रुपमा रोवर्टीक पार्किङ बनाउन लागेको हो अध्ययन सकिए लगतै पार्किङ निर्माणका लागि कम्पनी छानी काम सुरु गरिने उनले जानकारी दिए ।

IMG_20161020_152253

यस्तो हुनेछ पार्किङ

पार्किङ न्यूरोडको पिपलबोट नजिक महानगरपालिकाको २ रोपनी जग्गामा बनाइने बताइएको छ । ५ तला रहने सो पर्किङ बनाउन करीब १ अर्व लगानी लाग्ने महानगरपालिकाको अनुमान छ । साथै पार्किङमा २ तलाको अन्डरग्राउण्ड समेत हुनेछ ।

महानगरपालिकाका अनुसार पार्किङमा माथिल्लो तलामा गाडी पार्क गर्न लिफ्टको प्रयोग गरिने छ । मेन गेटबाट गाडी छिराएर चालकले एउटा कार्ड लिइ पार्किङ स्पेस हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछी आफुले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछी लिफ्टबाट नै तल माथि गर्न सकिन्छ ।
लिफ्टमा राखेपश्चात चालक कार्ड लिएर फर्कन सक्छन् । गाडी मेनिले खाली भएको ठाउँमा पार्क गर्छ । एरिया सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन गर्न नमिल्ने भएकोले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिने छ । पार्किङमा करिव ४ सय गाडी अट्ने बताइएको छ ।

महानगरले सार्वजनिक निजी साझेदारीमा स्वचालित पार्किङ सिस्टम युक्त भवन बनाउन लागेको हो । यो भवनको निर्माणमा कन्क्रिटको प्रयोग हुँदैन । सो जग्गामा निर्माण हुने सरकारी मापदण्ड अनुसार करिब पाँच तल्ले भवनका लागि २५ करोड रुपैयाँ खर्च लाग्ने महानगरपालिकाको अनुमान छ । कानुन अनुसार नीजि कम्पनीलाई पार्किङ भवन सञ्चालन गर्न बढीमा ३० वर्षको अवधि तोकिनेछ । सो अवधि पुरा गरेपछि उक्त भवन महानगरपालिकाको स्वामित्वमा जानेछ ।

कम्पनीले पार्किङ सिस्टम सञ्चालन गरेबापत महानगरपालिकालाई निश्चित रोयल्टी तिर्नुपर्ने प्रावधान रहेको छ । नीजि कम्पनीले सो पार्किङबाट नाफा कमाएर हामीलाई तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL