Logo

नयाँ वसपार्कमा खुल्यो बिजी मल, उद्घाटनको अवसरमा २० प्रतिशत छुट

नयाँ वसपार्कमा खुल्यो बिजी मल, उद्घाटनको अवसरमा २० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । देशमा उद्यमशिलता विकासका लागि सरकारले नीतिगत अवरोध हटाउनु पर्ने पूर्व अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘कुनै व्यवसायीलाई सहज रुपमा लगानी गर्ने वातावरण बनाइदिनुपर्छ,’ बिजी मल उद्घाटनको क्रममा उनले भने, ‘जसले गर्दा व्यवापार व्यवसाय बढ्नुका साथै देशमा राजस्वको स्रोत समेत बढ्ने छ ।’

आज एक कार्यक्रमबीच पूर्ब अर्थमन्त्री महत र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उक्त मलको उद्घाटन गरेका हुन् । उद्यमशिलता र विवेकले मात्र देश आर्थिक सम्बृद्धि तर्फ जाने जानकारी त्यसको लागि कडा परिश्रमको आवश्यकता भएको महतले बताए ।

shopping mall-bg mall

 

पछिल्लो समय उद्यमशिलतामा लाग्ने व्यक्तिको खुट्टा तान्ने प्रवृति बढेको बताउँदै देश विकासको लागि सकारात्मक सोचको आवश्यकता रहेको उनको भनाइ थियो । साथै देश विकासको लागि व्यक्ति र दलगत स्वार्थभन्दा माथी उठेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष मुरारकाले एउटा सपिङ मल खुल्दा उद्योग कलकारखा चल्नमा सहयोग पुग्नुका साथै सोही मात्रामा रोजगारी सिर्जना हुने बताए । यसैगरी, सपिङ मल खुलेसँगै मुलुकको आर्थिक सम्बृद्धिमा सहयोग पुग्ने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माले बताए ।

कार्यक्रममा मलका निर्देशक राजु गिरीले गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थल सहित बिजि मल संचालनमा ल्याएका जानकारी दिए । मलमा अन्तराष्ट्रियस्तरका विद्युतीय समानदेखि लत्ता कपडालगायतका गुणस्तरीय सामग्रीहरु पाइने छ ।

मलले उद्घाटनको अवसर पारेर ग्राहकरुलाई २० प्रतिशत छुटको व्यवस्था गरेको छ । मलमा विभिन्न घरायसीहरु, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, सिनेमाहल, बैंक, एटीएमलगायत ६० वटा पसल तथा शो रुम सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL