Logo

कहिले अन्त्य हुन्छ कोरोनाको महामारी ?, यस्तो छ विज्ञको भनाई र अध्ययनको निष्कर्ष

कहिले अन्त्य हुन्छ कोरोनाको महामारी ?, यस्तो छ विज्ञको भनाई र अध्ययनको निष्कर्ष



काठमाडौं । विश्वभरी कोरोना संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगिसक्यो । धेरै देशरहरुले यसको रोकथाम र न्युनिकरणका लागि लकडाउनको घोषणा गरेका छन् । तर सबैको मनमा एउटा प्रश्न भने उब्जेको छ त्यो हो कोरोना भाईरसको अन्त्य कहिले हुन्छ ? यसको उत्तर विभिन्न कारण तथा यसको रोगमा भर पर्छ । यस्तै वैज्ञानिकहरुले यसविरुद्धको भ्याक्सिनको आविस्कार कति चाँडो गर्ने भन्नेमा पनि भर पर्छ । यस्तै विभिन्न देशहरुले अनिश्चितकालिन गरेको लकडाउनले पनि यसको अन्त्यलाई निर्धारण गर्छ ।

त्यसोभए कसरी अन्त्य हुन्छ त यसको प्रकोप

हाल यसको प्रकोप यसका विरुद्धको भ्याक्सिनपछि मात्रै अन्त्य हुने भनिँदै आएको छ । कुनै ठुलो समुदायका मानिसहरुलाई सुरक्षित गर्न सकिँदै गईयो भने पनि यसको रोकथाम गर्न सकिने अवस्था छ । यसको अन्त्य गर्न सकिने २ उपाय छन एक प्रतिरक्षा प्रणाली र अर्काे गम्भिर प्रतिरक्षा प्रणाली । वैज्ञानिकहरुले कोरोना विरुद्धका विभिन्न भ्याक्सिनहरु बनाएको घोषणा गरेका छन । तर स्वास्थ्य सम्बन्धी नियमनकारी निकायहरुले अधिकार दिईसकेको अवस्था छैन । यस्तै अर्काे छ एकैपटक ठुलो समुदायका मानिसहरुलाई फाईदा पुग्नेगरी काम गर्ने औषधि ।

यसको अन्त्य नहुँदासम्म कसरी बच्ने ?

धेरै देशहरुले आफ्ना नागरिकहरुको भलाईका लागि लकडाउनको विकल्प चयन गरेका छन् । जसले नाटकीय रुपमा यसको संक्रमणमा कमि ल्याईरहेको बताईएको छ । यसका कारण व्यवसाय, विद्यालयहरु तथा अन्य विभिन्न मानिसहरु भेला हुने स्थलहरुमा प्रतिवन्ध लगाईएको छ । यसले अस्पताल पुग्नुपुर्वको उपचार गर्न मिल्ने बताईएको छ । यस्तै यसले केही मानिीसहरुको मृत्यु घटाउनसमेत ठुलो भुमिका खेलेको छ । यसले रोग नलागेका मानिसहरु र संक्रमितसँगको घुलमिलमा कमी ल्याउँछ । र उपचार गर्नुपर्ने मानिसहरुमा कमी ल्याई अस्पतालमा हुने विरामीको भिडभाडलाई कम गराउँछ ।

प्रतिबन्ध कहिले अन्त्य हुन्छ ?

सामान्यतया हाल विश्वका केही देशहरुले विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरु यती चाँडै हल हुन्छन भनेर सर्वसाधारणले सोच्नु हुँदैन । विभिन्न क्षेत्रमा चाँडै प्रतिबन्ध लगाउनु पनि एक किसिमले कोरोनाको रोकथाम गर्ने उपाय हो । कोरोना भाईरसको उद्गमस्थल मानिएको चीनको वुहान शहर प्रतिबन्ध लगाईएको २ महिनापछि मात्रै प्रतिबन्ध हटाईयो । तर हाल विश्वका धेरै देशमा लगाईएको लकडाउन कहिलेसम्ममा अन्त्य गर्न सकिन्छ भनेर भन्न सकिने अवस्था छैन १÷२ या ६ महिनासम्म पनि लम्बिन सक्नेछ । तर यस्तै तरिकाले सबै देशमा राम्रैसँग लकडाउन लागु भयो भने कोरोना नियन्त्रण गर्न अप्ठ्यारो पर्ने छैन ।

त्यसपछि के हुन्छ ?

हालै अमेरिकी स्वास्थ्य विज्ञहरुको समुहले पहिलो चरणमा विद्यालय, कलेज खोलेपनि मानिसहरु भने निश्चित मात्रै जम्मा हुन पाउने नियम लगाउनुपर्ने बताएका छन् । यस्तो बेलामा मानिसहरुले आफ्ना सामाजिक दुरी भने कायम गरिराख्नुपर्ने विज्ञहरुको भनाई छ । तर संक्रमण अझै बढ्ने अवस्था आयो भने प्रतिबन्धलाई अझै कडाई गर्नुको विकल्प छैन । अमेरिकास्थित ईम्पेरियक कलेजका विज्ञहरुले अझै केही समय अभिभावकहरुले आफ्ना बच्चाहरुको स्कुलमा सम्पर्क राख्नु उचित हुँदैन । यस्तो समयमा कम्तिमा पनि ७५ प्रतिशत जनताहरुलाई कोरोनाको जाँच गराउनुपर्छ भने यस्तै अमेरिकाले भने प्रतिहप्ता ७ लाख ५० हजार जनालाई जाँच गर्नु जरुरी छ ।

जाँच्नु किन महत्वपुर्ण छ ?

कोरोना भाईरस विशेष घातक सावित भएको छ । यसका कारण लाखौ संक्रमित भएका छन । दैनिक हुने व्यापार व्यवसाय भने ठप्प भएका छन् । यसका कारण एक जनाबाटै धेरै जनालाई संक्रमण हुनसक्ने अवस्था छ । जसका कारण सबै जनालाई जाँज्नु जरुरी छ । कोरोनाको लक्षण भएका नभएका सबैलाई जाँच्नु उत्तिकै महत्वपुर्ण छ । यसपश्चात संक्रमित व्यक्तिलाई आईसोलेसनमा राख्न पनि सजिलो हुन्छ र यसको फैलावटमा पनि नियन्त्रण हुन्छ ।

तपाईँ कहा हुनुहुन्छ भन्ने कुराले पनि महत्व राख्दछ !

चीनलगायतका ठूला देशहरुले आफ्ना नागरिकहरुलाई घरभित्रैबाट ट्रयाक गरे जसका कारण छिटोभन्दा छिटो कोरोना नियन्त्रण गर्न सकियो । यस्तै प्रत्येक नागरिकलाई उच्च निगरानीमा राखियो । र प्रत्येक संकास्पद विरामीलाई क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाईयो । जसका कारण संक्रमितको उपचारमा धेरै सहयोग मिल्यो र सरकारलाई पनि कोरोना विरुद्ध काम गर्न सजिलो भयो । तर गरिव मुलुकहरुमा भने लामो समयसम्मको लकडाउनले अर्थतन्त्र धरापमा पर्न सक्ने अवस्था रहन्छ ।

भ्याक्सिन बन्न कति समय लाग्छ ?

विश्वका दर्जन बढी कम्पनी तथा विश्वविद्यालयहरुले यसमा काम गरिरहेका छन् । तर उनिहरुले यसमा सफलता पाउन सक्छन भन्ने ग्यारेन्टी गर्न सकिदैन । कुनै भ्याक्सिन बनाउन भनेजति सजिलो छैन जुन हामीले सोचिरहेका छौं । यसको परिक्षणले बर्षाैँपछि मात्रै नतिजा दिन्छ । केही विज्ञहरुले भने आगामी १२ देखि १८ महिनाभित्रमा यसविरुद्धको भ्याक्सिन पत्ता लगाईसक्ने बताएका छन जुन सोचेभन्दा कम समय हो । वैज्ञानिकहरुले यसको चाँडो पत्ता लगाउनका लािग विभिन्न किसिमका प्रयोग गरिहेका छन जसका कारण मानव शरिरमा रोग प्रतिरोधी क्षमता बढोस र कोरोनाको जोखिम कम होस । तर यसमा ढुक्क हुनुपर्ने अवस्था भने नरहेको विज्ञहरुले बताएका छन ।

यसका केही अन्य उपाय छन ?

यदि जाडो महिना सकिँदै जाँदा उत्तरी गोलार्धमा अवस्थित देशहरुमा यसको प्रकोप कम हुँदै गएमा हामी भाग्यमानी मानिनेछौं । त्यसपश्चात यसलाई मौसमी रोगको उपनाम दिन सकिनेछ । र न्यानोले यसको विरुद्ध काम गर्न सक्दछ भन्ने अवस्था रहन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL