Logo

लकडाउनका कारण मानसिक तनाव बढ्दो, यस्ता छन् यसबाट बच्ने १४ टिप्स

लकडाउनका कारण मानसिक तनाव बढ्दो, यस्ता छन् यसबाट बच्ने १४ टिप्स



काठमाडौं । धेरैदिन भयो विश्वभरीका केही मानिसहरु घरभित्रै बसेको । विश्वभरी फैलिएको कोरोना महामारीका कारण घरभित्रै बस्नुपरेपछि भविष्यको बारेमा सोच्ने, र मानसिक तनाव हुने सम्भावना बढ्दो छ ।

हालै गरिएको एक अध्ययन अनुसार हाल विश्वमा १० जनामध्ये १ जनामा मानसिक स्वास्थ्य सम्बन्धी गडबढी भएको पाईएको छ । हालै बेलायतस्थित क्याम्व्रीज विश्वविद्यालयले पछिल्लो १ बर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै आएको छ । तर पछिल्लो समय भने लकडाउनको बेलामा कसरी मानसिक स्वास्थ्यलाई स्वस्थ राख्ने भन्ने बारेमा नयाँ अभियानसहित जनचेतना फैलाउँदै आएको छ ।

यसकै आधारमा बेलायत सरकारले आफ्ना नागरिकहरुको मानसिक स्वास्थ्यलाई सन्तुलन राख्ने उद्देश्यले ५० लाख युरोको एक कोष निर्माण गरेको छ । यस्तै मानिसलाई यस्तो बेलामा आफ्नो मानसिक स्वास्थ्य सन्तुलन राख्नका लागि विभिन्न १४ ओटा उपाय उल्लेख गरेको छ ।

यस्तो छ बेलायत सरकारले दिएका १४ टिप्स

  • आफ्ना साथिभाईहरु, परिवारहरुसँग भिडियो कल गर्ने, तथा पहुँचमा रहने जसका कारण एक्लोपनको महशुस हुनबाट बचाउँच ।
  • अरुलाई सहयोग तथासमर्थन गर्नुहोस : आफ्ना वरीपरी रहेका नजिकका व्यक्तिहरुलाई सहयोग वा समर्थन गरेर पनि आफ्ना मानसिक स्वास्थ्यलाई सन्तुलन बनाउन सकिन्छ ।
  • आफ्ना नजिकका मानिसहरुसँग आफ्ना समस्याका बारेमा कुरा गर्ने र समस्याहरु सेयर गर्नाले पनि मानसिक स्वास्थ्यलाई सहयोग पुग्छ ।
  • खानपीनमा उचित ध्यान दिने र सरसफाईलगायतका कारेमा विशेष ख्याल राख्ने । यस्तै मानिसहरुसँग कम्तिमा २ मिटरको सामाजिका दुरी कायम गर्ने ।
  • उचित रुपमा आराम गर्नुहोस । सुत्ने, उठ्ने र व्यायाम गर्ने तालिका पहिलेकै जस्तो नियमित गर्नुहोस ।
  • चाहिनेभन्दा बढी नसोच्नुहोस जसले तपार्इँको मानसिक स्वास्थ्यलाई असर पारोस । त्यसैले आफुले सक्नेजती मात्रै सोच्ने र क्षमताले भ्याउनेसम्म मात्रै सोच्ने ।
  • विभिन्न अफवाहको पछि नलाग्ने, समाचार पनि दिनमा २ पटक मात्रै हेर्ने जसका कारण विभिन्न समाचारका कारण तपाईको मानसिक स्वास्थ्यमा असर नपरोस ।
  • अफवाहको पछि लाग्नुभन्दा पनि विश्वसनिय समाचारलाई मात्रे प्राथमिकता दिने, फेक समाचारबाट बच्ने ।
  • आफ्नो नयाँ कार्यतालिकाबारे मन्थन गर्नुहोस । जसका कारण लकडाउनपछि तपाईले त्यही कार्यतालिकाअनुसार काम गर्न सकियोस ।
  • तपाईँ जे गर्दै हुनुहुन्छ त्यसैमा रमाउनुहोस किनकी तपाईँ घरमै बस्नुभएको छ ।
  • भविष्यको केही उद्देश्ेष्य बनाउनुहोस जसले तपाइँको दिमाग अन्तै डाईभर्ट हुनबाट बचाउँछ ।आफ्ना दिमागलाई एक्टिभ राख्नका लागि किताव पढ्ने, केही निश्चित खेल खेल्ने, मनपर्ने काम गर्ने लगायतका क्रियाकलाप गरिराख्नुस ।
  • बर्तमानलाई हेर्ने भुत र भविष्यलाई दिमागबाट टाढा राख्ने

यदि दिनमा एकचोटी घरबाहिर जान मिल्ने छ भने केही समय हरियाली वातावरणमा पनि विताउन सक्नुहुन्छ । जसले तपाईँको मानसिक र शारिरिक स्वास्थ्यलाई धेरै सहयोग पुग्छ । यस्तै झ्यालबाट बाहिर हेर्ने, खाली जमिनमा बस्ने लगायतका क्रियाकलापले पनि तपाईँलाई मानसिक स्वास्थ्य गडबढीबाट बचाउँछ । यस्तै सकेसम्म घामको किरण आउने ठाउँमा बस्ने गर्नुहोस । स्रोत : वल्र्ड ईकोनोमिक फोरम

प्रतिक्रिया दिनुहोस्
MBL