Logo

१६ मिनेट निद्रा डिस्ट्रबले भोलिपल्ट दिनभरीको काममा अवरोध, यस्तो छ समाधानको उपाय

१६ मिनेट निद्रा डिस्ट्रबले भोलिपल्ट दिनभरीको काममा अवरोध, यस्तो छ समाधानको उपाय


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । तपाईँलाई थाहा छ ? कुनै दिन तपाईँलाई १६ मिनेट मात्रै निद्रामा अवरोध सिर्जना भयो भने पनि भोलिपल्ट गरिने काममा समेत अवरोध सिर्जना हुन्छ । हालै गरिएको एक अध्ययन अनुसार अघिल्लो दिनको केही मिनेट मात्रैको निद्रा अवरोधले भोलिपल्ट गरिने काममा वाधा पुग्ने देखिएको छ ।

laxmi

हालै अमेरिकाको एक आईटी कम्पनीका १ सय ३० जना मध्यम उमेरका श्रमिकमा गरिएको अनुसन्धानमा उनिहरुको अघिल्लो दिनको निद्राको विशेषताले भोलीपल्टको कामका विशेषता देखाएको पाईएको छ ।

उक्त १ सय ३० जना श्रमिकहरुबीच ८ दिनसम्म अनुसन्धान गरिएको थियो । कामको समयमा विभिन्न किसिमका सोचहरु आउने, नराम्रा विचार मनमा खेल्ने तथा काममा ध्यान नजाने किसिमका समस्याको मुख्य कारण नै अघिल्लो रातको निद्रा डिस्ट्रबले भएको भेटिएको हो । अनुसन्धानमा अनुसन्धाताले सहभागिलाई ८ दिनसम्म विभिन्न किसिमका प्रश्नहरु गरेर अनुसन्धान गरेका थिए ।

सँधैको भन्दा एक दिनमात्रै निद्रामा डिस्ट्रव भएका कामदारमा भोलिपल्टको कामका खासै मन नजाने पाईएको हो । यस्तै सँधै सुत्ने समयभन्दा एकदिन मात्रै १६ मिनेट ढिलो या चाँडो निदाईयो या उठियो भनेपनि भोलिपल्ट कामको बेलामा कुनै न कुनै संज्ञात्मक हस्तक्षेप हुने देखिएको छ ।

यसका साथै उक्त अध्ययनमा निद्रा डिस्ट्रवकै कारणले थकाईको महशुस पनि सोही अनुसार हुने देखिएको छ । अध्ययनका अनुसार अघिल्लो रातको निद्रा विग्रेकै कारण भोलिपल्ट थकाईको महशुस धेरै हुने पाईएको छ ।

त्यसैले कामका सँगसँगै हामिले हाम्रो जिवन निर्वाह सही र सरल तरिकाले चलाउने निद्रामा पनि विशेष ध्यान दिनुपर्ने अध्ययनले उल्लेख गरेको छ । यस्तै यस्ता समस्याबाट छुटकारा पाउन श्रमिकहरुले दैनिक जसो निदाउने र उठ्ने समयतालिका बनाएर त्यसलाई दैनिकजसो प्रयोगमा ल्याउनुपर्ने हुन्छ । साथै निरन्तर शारिरिक अभ्यास पनि राम्रो निद्राको अचुक उपाय हुनसक्छ, यस्तो अभ्यासमा निरन्तरता दिनु राम्रो ।

प्रतिक्रिया दिनुहोस्
MBL