Logo

धनी बन्न चाहनेलाई उमेरले छेक्दैन, यसरी बन्न सकिन्छ धनी

धनी बन्न चाहनेलाई उमेरले छेक्दैन, यसरी बन्न सकिन्छ धनी



काठमाडौं । कतिपय मानिसहरु केहि कुराको सुरुवात गर्नका लागि उमेरको पर्खाईमा हुन्छन भने कतिपय त्यही उमेरले डाँडो काट्यो भन्दै पछुतायर बसिरहेका हुन्छन । विश्वका धेरै अर्बपतीहरु छन जो सानो उमेरमै पनि अर्बपती बन्न सफल भए र त्यस्ता ब्यक्तीहरु पनि छन जो जिवनको अन्त्य कालसम्म पनि अर्बपती बन्ने लक्ष्य राख्दै बुढेसकालमा पनि अर्बपती भएरै छोडे ।

त्यस्तै एक उदाहरण हुन मार्क जुकरवर्ग । मार्क जुकरवर्ग विश्वकै सानो उमेरमा अर्बपती बन्ने पहिलो ब्यक्ती हुन । उनी सन २००७ सालमा २३ बर्षको उमेरमा अर्बपती भएका थिए । हार्वर्ड विश्वविद्यालयमा पढेका उनले पहिलोपटक फेसबुक एप्सको संचालन गरेका थिए । उनको फेसबुक चाँडै प्रतिष्ठित कम्पनीको रुपमा उपस्थित भयो । उनी फेसबुकका मालिक र प्रमुख कार्यकारी अधिकृत पनि हुन । उनी विश्वकै पाँचौ धनिमध्ये पर्दछन । उनको सम्पत्ती २०१८ मा ५५ बिलियन डलर थियो ।

विश्वकै धनी मानिने जेफ बेजोस भने ३५ बर्षको उमेरमा अर्बपतीको सुचिमा समावेस भएका थिए । ईकमर्स अमेजनका मालिक उनको हालको कुल सम्पत्ती १ सय १२ बिलियन डलर रहेको छ ।

यस्तै विश्वकै दोस्रो धनी ब्यक्ती विल गेट्स भने ३१ बर्षको उमेरमा अर्बपती भएका थिए । ६३ बर्षका उनी माईक्रोसफ्ट कम्पनीका मालिक हुन ।

यस्तै विश्वकै तेस्रो धनी ब्यक्ती वारेन वफेट भने ५६ बर्षको उमेरमा अर्बपती भएका हुन । उनले सानो उमेरमै स्टक मार्केटमा लगानी गर्न सुरुवात गरेको भएपनि अर्बपती भने बुढेसकालमा मात्रै भए । स्टकमा लगानी गर्दा लक्ष्यमा त पुगिन्छ तर लामो समय धैर्य गर्न सक्नुपर्ने देखिन्छ ।

धनी बन्नलाई भने प्रायजसो अर्बपतीहरुले आफ्नो लक्ष्यमा नपुग्दासम्म कोशिस गरिरहेको पाईन्छ । आफ्नो लक्ष्यमा नपुग्दासम्म धेरै प्रकारका कठिनाईहरु आईपरेपनि सोही अनुसार ती कठिनाईहरुलाई नै अवसर ठानेर लक्ष्यमा पुग्ने सकिने एक अर्बपतीले भनेका छन । यस्तै सानो उमेरमा लगानी, आफ्नै ब्यबसायको सुरुवात लगायतका कोशिसहरु प्रायजसो अर्बपतीले गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL