Logo

यस्तो कम्पनी जसले दियो तिहारमा ६ सय कर्मचारीलाई कार बोनस, एक हजारलाई फ्ल्याट र पैसा

यस्तो कम्पनी जसले दियो तिहारमा ६ सय कर्मचारीलाई कार बोनस, एक हजारलाई फ्ल्याट र पैसा



भारतको एक कम्पनीले तिहार(दिवाली)को अवसरमा आफ्ना ६ सय कर्मचारीलाई कार बोनस स्वरुप उपलब्ध गराएको छ । भारतको सुरतमा रहेको हिरा सम्बन्धि कम्पनी हरि कृष्ण एक्सपोर्ट्सले उच्च कार्यदक्षता सहितका कर्मचारीलाई ६ सय कार बोनस दिएको हो ।

कर्मचारीहरुले मारुति सुजुकी र मारुति सुुजुकी सेलेरिओ कार प्राप्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा बिहिबार उक्त कम्पनीका दुई कर्मचारीलाई साँचो दिएर यसको उद्घाटन गरेका छन् ।


‘यस वर्ष हामीले १६ सय हिरा चम्काउने कर्मचारीको सूची तयार गरेका थियौं । हामी उनीहरुलाई प्रोत्साहन दिन चाहान्थ्यौं । त्यसै अनुरुप जो कारमा रुचि राख्छन् उनीहरुलाई कार र बाँकीलाई मुद्धतिमा बचत र फ्ल्याट दिएका छौं । भविष्यमा कर्र्मचारीलाई अझ राम्रो गराउन यो पे्ररणादायी हुनेछ भन्ने हामीलाई लागेको छ’ कम्पनीका मालिक सभ्जी ढोलाकियाले भने ।

कम्पनीले विगत चार वर्षदेखि आफ्ना कर्मचारीलाई यस किसिमको बोनस उपलब्ध गराउँदै आएको छ । तिहार बोनसको रुपमा अहिले सम्म ५५ सय कर्मचारीले यस्तो उपहार प्राप्त गरेको ढोलकियाले जनाएका छन् ।

यसै सेप्टेम्बरमा मात्र उनले २५ वर्ष पुरा गरेका आफ्ना तीन वरिष्ठ कर्मचारीलाई एक करोड भारु पर्ने मर्सिडिज बेन्ज उपलब्ध गराएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL