Logo

महासङघमा केही व्यक्तिको हालिमुहालि रोक्न मैले उम्मेदवारी दिएको हुँ

महासङघमा केही व्यक्तिको हालिमुहालि रोक्न मैले उम्मेदवारी दिएको हुँ


बिजखबर संवाददाता
27
Shares

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले चैतको अन्तिम साता नयाँ कार्यसमिती पाउँदैछ । विधान संसोधनपछि पहिले नै अध्यक्ष तय भइसकेपनि अन्य पदका लागि प्रतिस्पर्धिहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । कमिङ पे्रसिडेण्टका रुपमा चिनिएको वरिष्ठ उपाध्यक्ष पदका लागि अहिलेसम्म दुईओटा प्यानल तयार भइसकेका छन् । जसमध्य एउटाको नेतृत्व किशोर प्रधानले गरेका छने भने अर्को शेखर गोल्छाले । वरिष्ठ उपाध्यक्षबीच यतिबेला आफ्नो प्यानललाई राम्रो देखाउने होडबाजी स्वभाविक देखिन थालेको छ । यसै सन्दर्भमा बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले वरिष्ठ उपाध्यक्षका एक उम्मेदवार प्रधानसँग चुनावी माहोलको विषयमा कुराकानी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । मतदाता समक्ष आफुलाई कसरी प्रस्तुत गरिरहनु भएको छ ?

सम्पूर्ण साथीहरुलाई आफ्नो उम्मेदवारीको बारेमा प्रष्ट रुपमा भनेको छु । महासंघमा साना तथा मझौला उद्योगको तर्फबाट प्रतिनिधित्व गर्न पाउने कि नपाउने भन्ने प्रश्न साथीहरुलाई सोधेको थिए । नेपालमा साना तथा मझौला उद्योगको प्रतिनिधित्व ८७ प्रतिशतभन्दा बढीे छ । ८७ प्रतिशत हिस्सालाई १३ प्रतिशतसँग समन्वय गरेर अघि बढ्ने मुख्य उद्देश्य हो । मझौला उद्योग ठूलो र साना उद्योग कसरी मझौला बनाउने भन्ने मेरो जोड रहनेछ । यसलाई कार्यान्वयनमा ल्याउन आगामी कार्यकालमा अध्यक्ष भवानी राणासँग सहकार्य गरेर अघि बढ्नेछु र आफ्नो कार्यकालमा अझ सशक्त रुपमा यो मुद्धालाई अघि ल्याउनेछु ।

kishor-pradhan-bizkhabar-fncci-election-nepal

महासंघको चुनावमा अस्वस्थ प्रतिस्पर्धा हाबी हुँदै गयो भन्ने चर्चा सुरु हुन थालेको छ । तपाइ आफै कार्यसमितीको उपाध्यक्ष पनि हुनुहुन्छ । नेतृत्वले किन प्रतिस्पर्धालाई सहज बनाउने अथवा सहमतिको बाटो रोज्न सकेन ?

नेपाल उद्योग वाणिज्य महासंघको विधान संसोधन नै यसकै लागि भएको थियो । वरिष्ठ उपाध्यक्षलाई स्वत ः अध्यक्ष बनाउदा अस्वस्थ प्रतिस्पर्धा हट्छ र तलदेखि नै नेतृत्व शसक्त भएर अघि बढ्नेछ भन्ने हाम्रो सोच थियो । त्यहि प्रक्रियामा हामी लागेका थियौं । विधान संसोधनको संयोजकले पनि विशेष साधारणसभामा महासंघको निर्वाचनमा हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र नेतृत्व विकासका लागि विधान संसोधनको प्रस्ताव ल्याउनुभयो र हामीले पनि समर्थन गर्यो । तर, दुर्भाग्य नै भन्नुपर्छ उहाँले नै उक्त फोहोरी खेलको पुनः शुरुवात गर्नुभयो । यहिले यति ठूलो प्रतिस्पर्धा भयो किन एउटा कार्यक्रममा हवाइजहाज चार्टर गरेर व्यवसायी लैजाने, स्वत स्फुर्त नगए पैसा दिने वा धम्क्याउने कामको शुरुवात भएको छ । यस्तो क्रियाकलापले महासंघलाई कहिलै बलियो बनाउनेदैन । महासंघ बलियो बनाउन शसक्त संगठन र सक्षम नेतृत्व हुनुपर्छ ।

जबसम्म महासंघ यस्ता फोहोरी खेलबाट माथी आउन सक्दैन तबसम्म महासंघ आफ्नो लक्ष्य अनुरुप अघि बढ्न सक्दैन । सरकारसँग आफ्नो अधिकारका लागि लबिङ गर्ने महासङ्घको हैसियत पनि कमजोर बनेर जानेछ । अहिले महासंघको चुनावमा पूर्ण रुपमा राजनीति घुसेको छ । महासंघमा केही व्यक्तिको हालीमुहाली रोक्नलाई सम्पूर्ण साथीहरुसँग सहकार्य गरेर उम्मेदवारी दिएको हुँ ।

विधान संसोधनबाट झन फोहोरी खेल भयो भन्नुको मतलब ?

स्पष्ट रुपमा भन्नु पर्दा जो विधान संसोधन समितिको संयोजक हुनुहुन्थ्यो उहाँले यसलाई आफ्नो पेशा बनाउनु भयो जुन दिर्घकालसम्म कमाइखाने भाडोको रुपमा रहनेछ । सम्मानित रुपमा नबसी यो एउटा उहाँको पेशाको रुपमा अघि बढ्यो । अहिले त्यो काममा त्यतिबेला विधान संसोधन समितिको संयोजक स्वयम नै लागिरहनु भएको छ । उहाँले विधान संसोधनको बेला हामीलाई जुन रुपमा आश्वस्त पार्नु भएको थियो तर अहिले बोलाइ र गराइमा विल्कुल फरक देखियो । यसले महासंघलाई संगठित रुपमा अघि बढाउन सक्दैन ।

विशेष सधारणसभामा सात जना पूर्व अध्यक्षहरुले विरोध स्वरुप चिठी पठाउनु भएको थियो । तर उनीहरुमध्ये धेरैले तपाइलाई समर्थन गरेको देखिन्छ । वास्तवमा विरोध केका लागि थियो ?

पूर्व अध्यक्षहरुको विरोध उहाँहरु सँग सुझाव लिइएन भन्ने विषयमा थियो । त्यतिबेला हाम्रो केही कमिकमजोरी रहयो । नेतृत्व विकासलाई स्वस्थ बनाएर महासंघलाई फोहोरी खेलबाट मुक्त गर्ने उद्देश्यसहित विधान संसोधनमा हामी लागेका थियौं । त्यहि अनुसार गर्यौं पनि । तर अहिले त्यसको ठिक उल्टो भयो । त्यतिबेला जिल्ला तथा नगर र बस्तुगतका साथीहरुको विरोध थियो । तर, हामीले संयोजकले अस्वस्थ बनाए अनुरुप अघि बढ्यौं । अहिले दुर्भाग्य नै भन्नुपर्छ विधान संसोधन झन कमाइ खाने भाडोको रुपमा विकास भयो जसमा पूर्व अध्यक्षहरुको आपत्ति हो ।

त्यतिबेला संयोजकले हामीलाई दिगभ्रमित पारे । उहाँले जुन उद्देश्य र लक्ष्य सहित संसोधन प्रस्तुत गर्नुभयो त्यसले सबैलाई कोमामा राख्यो । त्यतिबेला हामीले उहाँको चाल बु्झ्न सकेनौं । यसलाई सबैको मत जुटेमा पुनः संसोधनमा जान सकिन्छ ।

पूर्व अध्यक्षहरुले त्यतिबेला संसोधनको विरोध र अहिले पुनः तपाइलाई समर्थन गर्नुको रहस्य के हो ?

जुन व्यक्तिले अहिले भएको कमी कमजोरीलाई सबैको समर्थन लिएर सच्याउन सक्छ, त्यसैलाई पूर्व अध्यक्षहरुले समर्थन गर्नुभएको हो । त्यसमा किशोर प्रधान कटिबद्ध छ । पूर्ब अध्यक्षहरुले जहिले पनि महासंघलाई सहजकर्ताको भुमिकामा अघि बढाउन चाहनुहुन्छ र उक्त काम मैले गर्न सक्छु भन्ने विश्वास उहाँहरुमा छ । अहिले मलाई ८ जना पूर्व अध्यक्षहरुले समर्थन गरेर आफ्नो उत्तराधिकारीको रुपमा महासंघमा पठाउनु भएको हो । उहाँहरुको आर्शिवाद नै मेरो जित हो ।

नामै तोकेर भन्नुपर्दा तपाइलाई समर्थन गर्ने पूर्व अध्यक्षहरु को–को हुनुहुन्छ ?

सबैको आर्शिवाद र सहयोग छ भन्दा हुन्छ । अहिले महेशलाल प्रधान, प्रदिपकुमार श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य, आनन्दराज मुल्मी, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, पद्यम ज्योतिको म प्रति सद्भाव र पे्ररणा छ । उहाँहरुको सही मार्ग निर्देशनलाई कार्यान्वयन गर्दै महासंघमा नयाँ इतिहास कोर्ने मेरो लक्ष्य हो ।

तर, रविभक्त श्रेष्ठ त विधान संसोधन पक्षधरसँग होइन र ?

त्यतिबेला म पनि विधान संसोधनको पक्षमा हो नि । पदाधिकारीको हैसियतले मैले पनि समर्थन गरेकै हो । तर, संयोजकले जुन उद्देश्य राखेर विधोन संसोधनको प्रस्ताव ल्याउनु भयो र हामीले समर्थन गर्यो अहिले ठिक त्यसको विपरित भयो । संयोजकले आफ्नो प्रतिबद्धतालाई एक वर्षसम्म पनि टिकाउन सक्नु भएन । त्यतिबेला फोहोरी खेल रोक्नका लागि विधान संसोधनको प्रस्ताव ल्याउनु भएको व्यक्ति अहिले आफै त्यहि खेलमा होमिनु भएको छ । पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले महासंघमा अस्वस्थ प्रतिस्पर्धा रोकिन्छ भनेर राम्रोको लागि समर्थन गर्नुभएको थियो । तर, अहिले ठिक त्यसको विपरित भएपछि विपक्षमा हुनुहुन्छ । हिजो अध्यक्षमा हुने प्रतिस्पर्धा अहिले वरिष्ठमा भइरहेको छ ।

तपाइ अहिले स्व. महेन्द्र गोल्छाको अभाव खड्कियो भनेर कार्यक्रममा भन्दै आउनु भएको छ । तपाइलाई किन गोल्छा परिवारको आवश्यक खड्कियो ?

महेन्द्र गोल्छा, म र सुशिल मिलेर मोरङ उद्योग संगठनको सुधारमा लागेका थियौ । हामीले त्यसलाइ राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै स्थापित गरेका छौं । उहाँकै देन हो म उद्योग वाणिज्य महासंघमा आउनु पनि । अर्को कुरा उहाँले भनेर नै मेरो सिफारिसमा कुशकुमार जोशीको अध्यक्ष हुँदा शेखर गोल्छालाई सदस्य पदमा मनोनित गरिएको थियो । तर, समय र परिस्थिती यस्तो आयो अहिले दाजुभाइ कै लडाइ परिरहेको छ । त्यतिबेला उहाँले मलाई महासंघमा ल्याउँदा अध्यक्ष बनाउने प्रतिवद्धता समेत जाहेर गर्नुभएको थियो । यदि अहिले महेन्द्र गोल्छा हुनुभएको भए शेखरलाई रोकेर मलाई अघि बढाउनु हुन्थ्यो । उहाँले मलाई न्याय दिलाउनु हुन्थ्यो ।

अहिले उहाँकै भाइ र म एउटै पदमा चुनाव उठिरहेका छौं तर त्यसमा मलाई कुनै आपत्ति छैन । तर, भाइले आफुले कमाएको पैसा चुनावको नाममा जसरी दुरुपयोग गर्दै छ त्यसमा चाहिँ मलाई साह्रै दुख लागेको छ र चिन्तित पनि छु । चुनावमा जीत हार आफ्नो ठाउँमा छ । भाइ (शेखर गोल्छा) ले जुन रुपमा प्लेन चार्टर गरेर मान्छे उतार्ने, चुनावी क्याम्पियनमा हिड्ने व्यक्तिलाई पैसा दिनेजस्ता जुन काम गरेको छ त्यसले उसको सम्पतीको दुरुपयोग भइरहेको छ र त्यसो गर्न हुँदैन भन्ने मेरो आग्रह हो ।

भन्नुभयो कि भाई (शेखर गोल्छा)ले आफुले कमाएको पैसा चुनावको नाममा जथाभावी खर्च गर्दै र त्यसो गर्नुहुँदैन । तर, केही वर्षयताको चुनावी माहोल हेर्दा महासंघमा पैसा विनाको चुनाव सम्भव छ र ?

चुनावमा पैसा खर्च गरेर जित्ने प्रक्रिया संसारमा कुनै पनि ठाउँमा स्थायीत्व हुन सक्दैन । उसले चुनाव त जित्ला तर जुन उद्देश्यको लागि गएको हो त्यो काम गर्न सक्दैन । जो सच्चा दिलले चुनावमा उठेको छ, उसले मात्र सोचेअनुरुप योगदान दिनसक्छ । हिजो पैसा खर्च गरेर महासंघ नेतृत्व सम्हालेका व्यक्तिले महासंघलाई कुन अवस्थामा पुर्याउँदैछन् त्यसको ज्वलन्त उदाहरण तपाईहामी सामु छर्लङ्गै छ नि । पैसा खर्च गर्ने व्यक्तिले सदस्यहरुलाई मैले किनेको हो भनेर कहिले पनि सम्मान गर्दैन । उसले तपाइसँग पैसा दिएर भोट किनेको छ भने तपाइको सम्मान दिदैन र दिन पनि चाहँदैन । महासंघको इतिहास हेर्नुस जसले पैसा खर्च गरेर नेतृत्व सम्हालेको छ उसले कुनै राम्रा काम गर्न सकेको छैन । यदि मैले पनि पैसा खर्च गरे भने त्यसै गर्ने हो । तसर्थ म फोहोरी खेल खेल्दिन । व्यवसायीको विश्वास जितेर चुनावनी प्रतिस्पर्धामा आएको छु र त्यही अनुरुप जित्नेछु ।

तपाइमार्फत अनुरोध गर्न चाहन्छु कि म महासंघमा पुगे भने वृक्ष रोप्छु । जसले तपाइलाई एकपटक मात्र होइन सधैभरी फल दिइरहन्छ ।

केही पूर्व अध्यक्षहरुले भन्न थालेका छन कि महासंघ यहि रुपमा अघि बढ्यो भने अब दुरबिनले हेर्नुपर्ने अवस्था आउँछ । भन्न खोजेको के हो ?

जसले भन्नु भयो त्यो सत्य हो । यदि महासंघको अस्तित्व जोगाएर भुमिका फाराकिलो बनाउने हो भने नेतृत्वले सरकारसँग आफ्ना मागका विषयमा अडान लिएर अघि बढ्न सक्नुपर्छ । उद्योगी व्यवसायीको प्रतिनिधित्व गरेर नेतृत्वमा पुगेको व्यक्तिले आफ्नो भुमिका निर्वाह गर्न सक्दैन भने पक्कै पनि महासंघको अस्तित्व रहँदैन । महासंघबाटै फुटेर सीएनआई जन्मियो, एनबीआई खुल्यो अन्य पार्टीगत रुपमा व्यवसायीक संघसंस्था खुल्न थालेका छन् । नेतृत्व खराब र असक्षम भएका कारण त्यस्ता संस्था जन्मिने क्रम बढेको हो । दुश्चरित्र तरिकाबाट हाम्रो नेतृत्व बढ्दै गयो भने उसले सरकारसँग व्यवसायीक हकहितका लागि पहल गर्न सक्दैन, व्यवसायीलाई सम्हाल्न सक्दैन र व्यवसायी छुट्टिन थाल्छन जसलेगर्दा महासंघ कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउछ । नेतृत्वकर्ताले सरकारसँग व्यवसायीको माग राख्न नसकेपछि पेल्न थाल्छन । अहिलेकै कुरा गर्ने हो भने सरकारले कृषि उद्यमकेन्द्रको बजेट कटौती गर्न लागेको छ । त्यहाँ भ्रष्टाचार भयो भनेर रकम कटौती गर्दै छ त्यो किन भयो त ?

kishor-pradhan-bizkhabar-fncci-election

के तपाइसँग चाहिँ सरकारसँग ‘ट्याकल’ गर्न सक्ने क्षमता छ त ?

पक्कै पनि । त्यसकै आधारमा मलाई पूर्व अध्यक्षहरुले अघि बढाउनु भएको हो । म कर छली नगर्ने स्वच्छ व्यवसायी हुँ । तर यसको मतलब अरुले कर छली गरे भनेर आरोप लगाउन लागेको हैन । मसँग व्यवसायीको समस्याका वारेमा सरकारसँग समन्वयकारी भुमिका निर्वाह गर्न सक्छु त्यो पनि अनुभवको आधारमा । जिल्ला नगरमा बसेर लामो समय काम गरे भने क्षेत्रीय उद्योग वाणिज्य संघ हुँदै महासंघमै पनि विभिन्न समितिको सभापति भएर २१ वर्ष बिताइसके । सबै अनुभवलाई समेटेर सरकारसँग सबै कमि कमजोरीको वारेमा ट्रयाकमा ल्याउन सक्छु ।

नेपालमा ८७ प्रतिशत साना तथा मझौला उद्योग छन् र तिनका हकहितका लागि आफ्नो उम्मेदवारी भन्दै आउनु भएको छ । त्यसका लागि के छन् एजेन्डा ?

नेपालमा ठूलो हिस्सा साना तथा मझौला उद्योगको छ । तिनलाई संरक्षण गर्दै ठूलासँग सहजिकरणको भूमिका निर्वाह गर्ने हो । जसका लागि कन्ट्रयाक फार्मिङ्को अवधारणा अधि बढाउने सोच छ । घरेलु तथा साना उद्योगलाई एकत्रित गरेर उत्पादन क्षमता बढाउने, मझौला उद्योगलाई ठूला उद्योगसँग लिङ्क गराउने । जसले गर्दा उत्पादन बढ्न गई देशलाई आर्थिक रुपमा अघि बढाउन मद्दत पुग्छ । आज देश आर्थिक रुपमा अघि नबढ्नुको मूख्य कारण हामी आयातमा निर्भर रहनु हो । उत्पादन बढाउन साना तथा मझौला उद्योगको उत्पादन बढाउँदै ठूला उद्योगसँग सहकार्य गर्नुपर्छ । जुन अनुभव मसँग छ ।

तपाइले भन्दै आउनु भएको छ कि म साना तथा उद्योगबाट प्रतिनिधित्व गर्दै छु । तर चुनावी माहोल हेर्दा त ठूलाका प्रभाव बढी देखिन्छ नि ?

देख्ने प्रभाव र गर्ने काम फरक हुन्छ । मेरो भनाइ ठूला उद्योगलाई उपेक्षा गर्ने भनेको होइन । हाल भइरहेका साना तथा मझौला उद्योगलाई पनि ठूलो बनाउने हो । आज ८७ प्रतिशत साना तथा ठूला उद्योग छ भने त्यसलाई २० पं्रतिशतमात्र ठूलो बनाउन सकियो भने देशको अर्थमन्त्रमा ठूलो सहयोग पुग्छ । तर, मैले प्रतिनिधित्व गरेको चाहिँ साना तथा मझौला उद्योगबाटै हो ।

तपाइकै भनाइमा चुनाव खर्चिलो भयो । सामाजिक संस्थामा व्यवसायीहरु किन करोडौ रुपैयाँ खर्चेर नेतृत्वमा पुग्न चाहन्छन?

त्यो पदमा पुगेपछि सदुपयोग गर्ने कि दुरुपायोग ? पदले धेरै कुरालाई समन्वय गरिहेको हुन्छ । भोली उठाउनका लागि आज खर्च गरिरहेका छन् । तर, त्यसरी गएका व्यक्तिले संस्थालाई अघि बढाउन सक्दैन । नेतृत्वमा पुगेपछि उसले आफ्नो खर्च उठाउनतर्फ केन्द्रित हुन्छ । गलत तरिकाको प्रचारप्रसार, गलत तरिकाको लोभलालचले गर्दा न संस्थालाई फाइदा पुग्छ न व्यक्तिलाई । आगामी दिनमा त्यस्ता कार्य रोक्नु जरुरी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL