Logo

श्रीलङ्काको राष्ट्रपतिमा राजापाक्षे विजयी, प्रतिस्पर्धी प्रेमादासले स्वीकारे हार

श्रीलङ्काको राष्ट्रपतिमा राजापाक्षे विजयी, प्रतिस्पर्धी प्रेमादासले स्वीकारे हार

बिजखबर संवाददाता
0
Shares

काठमाडौं । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेका उनका प्रवक्ताले जानकारी दिएका छन् ।

laxmi

उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन् । उनको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,” राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने । उनले सपथग्रहण कार्यक्रम एक दुई दिनमा हुनसक्ने बताए । राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए । सोही कार्यकालमा गोटाबाया रक्षाामन्त्री थिए ।

नयाँ राष्ट्रपतिमा निर्वाचित राजापाक्षे ७० बर्षको छन् भने उनीसँग प्रतिश्पर्धा गर्ने प्रेमादास ५२ बर्षको छन्। राजापाक्षे निर्वाचित भएको नतिजालाई उनका प्रतिश्पर्धी प्रेमादासले पनि सार्वजनिक रुपमा स्विकार गरिसकेका छन् । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए । निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए ।

मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए । सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि भएको यो तेस्रो निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना भने यस निर्वाचनमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL