Logo

एयर इण्डिया र भारतीय पेट्रोलियम बेचेर १ लाख करोड भारु जुटाउँदै भारत, नेपालका लागि बन्न सक्छ गतिलो उदाहरण

एयर इण्डिया र भारतीय पेट्रोलियम बेचेर १ लाख करोड भारु जुटाउँदै भारत, नेपालका लागि बन्न सक्छ गतिलो उदाहरण



काठमाडौं । भारतीय सरकारले यो वर्ष सरकारी स्वामित्वमा रहेका एयर इण्डिया र भारतीय पेट्रोलियम कपोृरेसन (बिपिसिएल)नीजि क्षेत्रलाई बेच्ने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणका अनुसार सरकारले यो आर्थिक वर्षको मार्चसम्म दुबै कम्पनी नीजि क्षेत्रलाई बेचिसक्नेछ । ‘सरकार राज्यबाट सञ्चालित यी दुबै कम्पनी बेच्न प्रयासरत रहेको छ ।

यसबारेमा छिट्टै यथार्थ जानकारी हुनेछ’, उनले भनिन । उनका अनुसार यो आर्थिक वर्षमा सरकारले १ लाख करोड भारतीय रुपैयाँ जुटाउन यी दुबै कम्पनीको विक्री मुख्य रहने छ ।

भारत सरकारको यो योजना सफलभए नेपालका लागि गतिलो उदाहरण बन्न सक्ने देखिन्छ । नेपालमा पनि सरकारले चलाइरहेको नेपाल एयरलाइन्स र आयल निगम दुबै नीजि क्षेत्रलाई बेचेर सरकारले बजार नियमनको मात्र काम गर्न सके सरकारलाई फाइदा पुग्ने देखिन्छ । सरकारले चलाइरहेका नेपाल एयरलाइन्स र आयल निगम सधैं सरकारी टाउको दुखाईको विषय बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL