Logo

बिल गेट्स फेरि बने विश्वकै धनी, नेपालको बजेटभन्दा ८ गुणा बढी सम्पत्ति

बिल गेट्स फेरि बने विश्वकै धनी, नेपालको बजेटभन्दा ८ गुणा बढी सम्पत्ति



काठमाडौं । अमेजोनका मालिक जेफ बेजोसलाई उछिनेर बिल गेट्स पुनः विश्वकै धनी व्यक्ती भएका छन । जेफ बेजोसको अमेजोनले स्टकमा करिव ७ अर्ब डलर गुमाउँदा बिल गेट्सले उनलाई उछिन्न सफल भएका हुन ।

अमेजोनको सेयर बिहीबार कारोबारको केही घण्टापछि नै ७ प्रतिशतले ओरालो लाग्दा बेजोस १ खर्ब ३ अर्ब डलरको मालिक हुन पुगेका हुन । यस्तै माईक्रोसफ्टका मालिक बिल गेट्सको हालको कुल सम्पत्ति भने १ खर्ब ५ अर्ब डलर रहेका छ । जुन नेपालको बार्षिक बजेटभन्दा ८ गुणाले बढी हो ।

जेफ बेजोसले सन २०१८ मा बिल गेटको २४ बर्षदेखिको विश्वकै धनि पद खोसेर आफु विश्वकै धनि बनेका थिए । त्यती बेला उनको कुल सम्पत्ती १ खर्ब ६० अर्ब डलर रहेको थियो । अमेजोनका अनुसार ३ महिनामा आफ्नो आम्दानीमा २६ प्रतिशतको गिरावट आएको छ । बिहीबार कारोबारको १ घण्टापछि कम्पनीको सेयर ९ प्रतिशतले ओरालो लागेको थियो ।

बिल गेट्स सन १९७८ मा १ अर्ब डलरका साथ विश्वकै धनी व्यक्ती भएका थिए । यस्तै जेफ बेजोस भने सन १९९८ मा अमेरिकाको ४ सय औं धनीमा पर्दथे । त्यसको १ बर्षपछि बेजोसको अमेजोन कम्पनी पब्लिकमा गएपछि उनको सम्पत्ती १ अर्ब डलर पुगेको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL