Logo

मूल्य बृद्धिको विरोधमा जारी प्रदर्शनमा ६ जनाको मृत्यु, १५ सय घाईते

मूल्य बृद्धिको विरोधमा जारी प्रदर्शनमा ६ जनाको मृत्यु, १५ सय घाईते



काठमाडौं । इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरु भएको हिंसात्मक झडपमा परी ६ जनाको मृत्यु भएको छ । प्रदर्शनको क्रममा १ हजार ५ सय ७ व्यक्ति घाइते भएको सरकारले मङ्गलबार जानकारी दिएको छ ।

प्रदर्शनको क्रममा १ हजार ३ सय ३० व्यक्ति पक्राउ परेका गृह मन्त्री मारिया पउला रोमोले जानकारी दिएका छन ।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका छन । जसको कारण १ सय २३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो ।

यो उपाय अन्तरर्राष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो । जसले इक्वेडरलाई ४ दशमलव २ अर्ब डलर ऋण लिन मद्दत पुर्याउँछ ।

सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसँग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए ।

यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिएका थिए ।

प्रदर्शनपछि १ हजार ५ सय ७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका बताइएको छ । ती मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरू समेत रहेको जनाइएको छ ।रासससिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL