Logo

नक्कली समाचार नियन्त्रण गर्न साढे २ अर्ब खर्चिने, बजेटमै गरियो ब्यवस्था

नक्कली समाचार नियन्त्रण गर्न साढे २ अर्ब खर्चिने, बजेटमै गरियो ब्यवस्था



काठमाडौं । नक्कली समाचार नियन्त्रणका लागि १ करोड ८० लाख पाउण्डको व्यवस्था गरिने भएको छ ।

संयुक्त राष्ट्रसंघले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि १ करोड ८० लाख ( २ अर्ब ४६ करोड रुपैयाँ) पाउडस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताएको हो ।

बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताएको छ । उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी ३ बर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन् ।

‘विश्वका जम्मा १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहँुच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ,’ बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनले भने, ‘कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ ।’ सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधि अभियानलाई विश्वव्यापी बनाएको छ ।

बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिन पछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो । प्याकेज पूवी युरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्षे अभियानस्वरूप ल्याइएको हो/रासस÷एएनआई

प्रतिक्रिया दिनुहोस्
MBL