Logo

चीनकै ठुलो विमानस्थलको निर्माण सम्पन्न, आगामी सेप्टेम्बरमा संचालनमा आउँदै (फोटोफिचर)

चीनकै ठुलो विमानस्थलको निर्माण सम्पन्न, आगामी सेप्टेम्बरमा संचालनमा आउँदै (फोटोफिचर)



काठमाडौं । चीनको बेईजिङस्थित निर्माणाधिन चीनकै ठुलो ड्याक्सिङ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ ।

laxmi

५ बर्षदेखि निर्माणाधिन उक्त विमानस्थल यसै हप्ताको आईतबार मात्रै निर्माण सम्पन्न भएको हो । उक्त विमानस्थलले सन २०२१ देखि बार्षिक ४ करोड ५० लाख यात्रु ओसारपसार गर्ने क्षमता राख्नेछ । यसैगरी सन २०२५ देखि आफ्नो क्षमता वृद्धि गर्दै बार्षिक ७ करोड यात्रु ओसारपसार गर्ने क्षमता राख्नेछ ।

यो विमानस्थल औपचारिक रुपमा आगामी सेप्टेम्बर ३० का दिन संचालनमा ल्याईने भएको छ । विमानस्थल संचालनमा आएपछि चीनकै ठुलो विमानस्थलको रुपमा अगाडी आउनेछ । विमानस्थल परिसरसम्मै चीनकै तिव्र रेल्वे स्टेशन रहेको छ । उक्त विमानस्थलको क्षेत्रफल १० लाख वर्गकिलोमिटर रहेको छ । यो विमानस्थलमा ४ ओटा रनवे रहेका छन ।

यस्तो छ विमानस्थल

प्रतिक्रिया दिनुहोस्
MBL