Logo

अवैध लाखौं आप्रवासी हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, हजारौं नेपालीलाई असर

अवैध लाखौं आप्रवासी हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, हजारौं नेपालीलाई असर



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका भित्रिएका लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताएका छन । मंगलबार आफ्नो ट्विटर ह्याण्डलमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अबैध बाटो भएर भित्रिने लाखौं आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन । उनले आफ्नो ट्विटमा भनेका छन, ‘अर्काे हप्ता आईसीईले अमेरिकामा प्रवेश गरी अवैधानीक रुपमा बसोबास गर्दै आएका लाखौं आप्रवासीलाई हटाउने प्रक्रिया थाल्नेछ ।’

उनले आफ्नो ट्विटमार्फत जतिसक्दो चाँडो अवैध आप्रवासीलाई देश निकाला गर्ने बताएका छन । मेक्सिकोले आप्रवासी सम्बन्धी कडाई नीति लागु गरेको छ । जसले अमेरिकालाई केही सहज भएको छ ।

मेक्सिकोले आप्रवासन नीतिमा कडाई गरेपछि अवैध आप्रवासीको संख्या घटेको ट्रम्पको ठहर छ । हाल अमेरिकामा झण्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन् । तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन् ।

यस्तै अमेरिकामा बसोबार गर्ने नेपालीमा पनि ट्रम्पको उक्त भनाईले असर पार्ने देखिन्छ । हालसम्म हजारौंको संख्यामा नेपालीहरु अमेरिकामा गैरकानूनी रुपमा बसोबार गर्दै आएका सम्बद्ध स्रोतको भनाई छ । अमेरिकामा बस्ने नेपालीहरुको बैध र अवैध भन्ने एकिन नहुँदा ट्रम्पको उक्त घोषणाले अबैध रुपले अमेरिकामा बसोबार गर्दै आएका नेपालीलाई अप्ठ्यारो पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL