Logo

भारतले बढायो अमेरिकी वस्तुमा १२० प्रतिशतसम्म कर, २८ वस्तुमा करवृद्धि

भारतले बढायो अमेरिकी वस्तुमा १२० प्रतिशतसम्म कर, २८ वस्तुमा करवृद्धि



काठमाडौं । भारत सरकारले अमेरिकाबाट आयात हुने बस्तुमा कर वृद्धि गरेको छ । भारतले आईतबारदेखि लागु हुनेगरी अमेरिकाबाट आयात हुने बदाम, स्याउ, ओखर लगायत २८ ओटा अमेरिकी बस्तुमा करवृद्धि गरेको हो ।

laxmi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा अमेरिकासँग व्यापारघाटा बढी भएका राष्ट्रहरुलाई नयाँ नीति अबलम्बन गर्ने घोेषणा गरेका थिए । त्यसपछि भारतले आफ्नो राष्ट्रिय हित बचाउन पनि उक्त कर वृद्धि गरेको जानकारी दिएको छ ।

अमेरिकाले यसअघि स्टिल तथा आलमुनियम जस्ता सामाग्रीमा १ सय २० प्रतिशतले कर वृद्धि गर्ने जनाएको थियो । सोही अनुसार भारतले पनि अमेरिका वस्तुमा १ सय २० प्रतिशतसम्म करवृद्धि गर्ने भनेपनि उक्त निर्णय आउन ढिलाई भएको भारतीय संचारमाध्यमले जानकारी दिएका छन ।
भारतले अमेरिकी बस्तुमा उच्च करवृद्धि गरेसँगै दुईदेशबिचको राजनीतिक तथा सुरक्षाको बन्धन भत्किने विज्ञहरुले जानकारी दिएका छन ।

भारत अमेरिकी बदामको सबैभन्दा ठुलो आयातकर्ता हो । भारतले मात्रै अमेरिकाबाट निर्यात हुने सबै बदामको आधा हिस्साभन्दा बढी आयात गर्ने गर्दछ । सन २०१८ मा भारतले ५४ करोड डलरको बदाम आयात गरेको थियो । यस्तै भारत अमेरिकी स्याउको पनि दोस्रो ठुलो आयातकर्ता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL